काभ्रे/नेपाल क्योकुशिन सेइसिन काइकान करा“ते संघको आयोजनामा काठमाडौँमा सम्पन्न प्रथम एसिया कप खुल्ला अन्तर्रा्ष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०२० को खुल्ला तौल समुह तर्फ काभ्रेका सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् ।
काभ्रेबाट विजेता हुने खेलाडीहरुलाई नेपाल क्योकुशिन सेइसिन काइकान करा“ते संघ काभ्रे शाखाले एक कार्यक्रमका विच सम्मान गरेको छ । काभ्रेबाट विभिन्न तौलमा १० जना खेलाडीहरुले विभिन्न पदकहरु जित्न सफल भएका थिए । सम्मान कार्यक्रममा काभ्रे ब्रान्चचिफ रहदेब पोटे(मुख्य जुरी) सहायक रेफ्री कृष्णकुमार श्रेष्ठ, सुरेश श्रेष्ठ, विरस मानन्धर, राज केसी प्रशिक्षक तुलसी श्रेष्ठ, हरिगोपाल मानन्धर लगाएतले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । ब्रान्च चिफ रहदेव पोटेले खेलाडीहरुलाई नमात्तिकन आगामी खेलहरु अनुशासन र मिहनेतका साथ खेल्न आग्रह गरेका थिए । खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागी काभ्रे शाखाले उक्त सम्मान कार्यक्रमको आयोजना गरिएको पोटेले वताए ।
प्रतियोगिताको खुल्ला तौल समुह महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीलाई नगद १÷१ लाख रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताको खुल्ला तौल समुह (पुरुष) अन्तर्गत नेपालका शनि शिं सुनारले रजत तथा रेगन श्रेष्ठले कास्य पदक जित्न सफल भएका थिए भने खुल्ला तौल समुह (महिला) तर्फ भारतकी सुप्रिता विश्वकर्माले कास्य तथा नेपालकी बिनिता भण्डारीले रजत पदक जित्न सफल भएकी थिईन । प्रतियोगितामा ३० केजी तौल समुह (पुरुष) तर्फ नेपालका प्रज्वल पाण्डे तथा महिलातर्फ नेपालकै सृष्टि तामाङले स्वर्ण पदक जित्न सफल भएकी थिईन ।
उक्त समुहमा पुरुषतर्फ नेपालका युवराज नेपालीले रजत तथा मृदुल तिमल्सिनाले कास्य पदक जितेका थिए भने महिलातर्फ भारतकी दिपन्विता विश्वासले रजत तथा भारतकै रेखा लोहारले कास्य पदक जितेकी थिईन् । त्यसै गरी ३५ केजी तौल समुह (पुरुष) तर्फ नेपालका रवि यादव तथा महिलातर्फ नेपालकै कुन्सुङ छोमोले स्वर्ण पदक जितेका थिए । तौल समुहमा पुरुषतर्फ भारतका निखिल चन्द्रले रजत तथा भारतकै सरुण परियारले कास्य पदक जिते भने महिलातर्फ नेपालका सुहाना खड्काले रजत तथा नेपालकै समिक्षा थापाले समिक्षा थापा कास्य पदक जितेका थिए ।
त्यसै गरी ४० केजी तौल समुहतर्फ नेपालका राम कार्की तथा नेपालकी सुजिता श्रेष्ठले स्वर्ण पदक जितेका थिए । उक्त समुहमा पुरुषतर्फ नेपालका रजत मिलन तामाङले रजत तथा दिलिप नेपालीले कास्य पदक जिते भने महिलातर्फ नेपालकी प्रोसिया कार्कीले रजत तथा पूनम घर्तीले कास्य पदक जितेकी थिईन् । त्यसै गरी ४५ केजी तौल समुहतर्फ नेपालका सन्दिप नेपाली तथा नेपालकै भूमिका गुरुङले स्वर्ण पदक जिते ।
उक्त तौल समुहतर्फ नेपालकै सुदिप मगरले रजत तथा नेपालकै मन्दिप भुसालले कास्य पदक जिते । महिलातर्फ भारतकी सोनामोनी मोन्डलले रजत तथा नेपालकी सुमिना लामाले कास्य पदक जितिन् भने ५० केजी तौल समुहमा नेपालका सरोज तामाङ तथा भारतकी पुस्पिता दासले स्वर्ण पदक जित्न सफल भएका थिए । उक्त समुहको पुरुषतर्फ नेपालका पारस शाह ठकुरीले रजत तथा भारतका गोपालचन्द्र रजकले कास्य पदक जिते भने महिलातर्फ भारतकी चम्पा नइदाले रजत तथा भारतकै वृष्टि नस्करले कास्य पदक जितेका थिए । त्यसै गरी ५५ केजी तौल समुहमा नेपालका सुवास लिम्बुले स्वर्ण पदक जित्न सफल भए । यो समुहमा नेपालकै रुपक श्रेष्ठले रजत तथा अनिर्बन सेनले कास्य पदक जितेका थिए । प्रतियोगितामा नेपाल, भारत, जापानसहित १० देशका ३ सय ५० जना खेलाडीहरुले भाग लिएका थिए ।





