पनौती/पनौती नगरपालिका १० स्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीमा रेविज विरुद्धको खेप सेवा शुरु गरिएको छ ।
खोपको उद्घाटन पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेले गर्नु भएको थियो । न्यौपानेले रेविज विरुद्धको सुई लगाउन काठमाडौ जानु पर्ने समस्याको अन्त्य भएको वताउनु भयो । नागरीकको समस्यालाई नगरले बुझेको छ, न्यौनेले भन्नु भयो, उक्त सेवालिनु पर्नेभएमा नगरवासी लगाएत आसपासका समुदायलाई सहज हुने विश्वास ब्यक्त गर्नु भएको छ । पनौतीमा सुविधा सम्पन्न अस्पताल निमार्ण शुरु भएकाले नगरवासिहरुको प्रमुख समस्याका रुपमा रहेको स्वास्थ्य सेवाको अन्तय हुने न्यौपानेले वताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुरुषोतम तिमल्सिना लगाएतको उपस्थिती रहेको थियो ।
त्यसै गरी पनौती नरपालिका स्वास्थ्य शाखाको आयोजनामा ६७ औ विश्व कुष्ठरोग दिवस तथा अन्तक्रिया कार्यक्रम पनौती नपा १ रयालेमा सम्पन्न गरेको छ । नगरप्रमुख भिम न्यौपाने, उप प्रमुख गिता बन्जारा, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाई, बरिष्ठ प्रशासन प्रमुख ईन्द्र प्रसाद अधिकारी, पनौती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटा, स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिना, स्थानिय समुदाय, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो । अन्र्तक्रिया कार्यक्रममा कुष्ठरोगका बारेमा उठेका प्रशनहरुको शाखा प्रमुख तिमल्सनाले जवाफ दिएका थिए । पनौतीमा कुष्ठरोगीको संख्या शुन्य रहेको जानकारी दिइएको थियो ।





