2026 April 22/ 05:24: 56am

बनेपा/काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ वार्षिकउत्सबको अवसरमा निशुल्क एक दिने आँखा शिबिर कार्यक्रम सम्पन्न गरेको छ । 
संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत शिबिरको आयोजना गरिएको अध्यक्ष त्रिरत्न राजवाहकले वताए । संस्थाले विभिन्न समयमा स्वास्थ्य शिबिर, रक्तदान लगाएतका सामाजीक कार्य गर्दै आई रहेकाले आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिने राजबाहकले वताए । कार्यक्रममा २ सय १८ जनाले आँखा जाँच गरेका थिए भने ३४ जनालाई निशुल्क चश्मा वितरण र ११ जनालाई मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको जनाएको थियो । शिबिरको प्राविधिक सहयोग रेयुकाई मासुनागाँ आखाँ अस्पतालले गरेको थियो । शिबिरमा संस्थाका पदाधिकारी, सदस्य, कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।