2026 April 22/ 05:23: 33am

बनेपा/इलाका प्रहरी कार्यालय बनेपाले अबैद्य रुपमा उत्पादन गरी विक्री वितरण गर्ने ब्यक्तिहरुबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । 
प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त अभियानलाई तिब्र बनाईएको बताउनु भयो । तिमल्सिनाले इलाका प्रहरी कार्यालय बनेपाको इन्चार्ज सम्हाले लगत्तै शुरु भएको यो अभियानलाई अझै तिब्र बनाउने बताउनु भएको छ । दोश्रो चरणमा तिमल्सिनाले २ हजार ५ सय लिटर घरेलु मदिरा नियन्त्रणम ालिई नष्ट गरेका छन् । दोश्रो चरणको कार्यक्रममा नियन्त्रणमा लिईएको मदिरा वडा नम्वर ५ को चप्लेटीमा नष्ट गरिएको छ ।