2026 April 22/ 05:24: 55am

शंखु/वातावरणलाई प्रभावित बनाउँदै संचालन भईरहेका इट्टा उद्योगहरु सर्वसाधारणका लागि धराप थाप्दै ज्यान लिने माध्यम बन्न थालेका छन् । 
जिल्लामा रहेका अधिकांश उद्योगहरुले मापदण्ड पुरा नगर्दा सर्वसाधारणको ज्यान जाने गरेको हो । ज्यान लिने भट्टा संचालकहरुलाई कानुनी कारवाहीको सट्टा उन्मुक्ति दिदै आएको छ । २०७२ साल असार महिनामा पनौती नगरपालिका वडा नम्वर ९ जाईटोल साविक शारदा बतासे गाविसमा रहेको जागेश्वरी ईट्टा भट्टाले खनेको खाडलमा परी २२ बर्षिय श्रवण श्रेष्ठको डुबेर निधन भयो । कोरिया जान इपियस पास गरेका युवा श्रवणका पिता रघुनाथ श्रेष्ठ र आमा शारदा श्रेष्ठले छोराको हत्यारालाई कारवाहीको माग गरे । स्थानीयहरुले आन्दोलन गर्दै भट्टा बन्दको माग राखे । दबाब मुलक ¥याली र धर्ना समेत दिए तर भट्टा संचालकलाई कुनै कारवाही भएन । बरु पीडित परिवारलाई ५ लाख रुपैया दिएर आन्दोलन रोक्न लगाईयो । निरन्तर भट्टा चल्यो । चार वर्षमै सोहि भट्टाले निर्माण गर्न लागेको शौचालयका लागि खनिएको खाडलमा परी २२ महिने बालिकाले ज्यान गुमाउन पुगिन् । ‘स्थानीयले असुरक्षा र प्रर्दुर्षण दुबै भएकाले भट्टा बन्द गर्न माग ग¥र्यौ’–स्थानीय सुर्वण श्रेष्ठले भन्नुभयो–‘स्थानीयको आवाज सुन्ने कुरा भएन, उल्टै आन्दोलन दबाउन दबाब दिईयो ।’ प्रर्दुषणले घर विक्री गरेर अन्यत्र बसाई सर्ने अवस्थामा पुगेको उहाँले बताउनु भयो । 
    जागेश्वरी इट्टा भट्टाको तेश्रो लार्पवाहि रहेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले बताउनु भयो । स्थानीयहरुले पटक पटक भट्टाकै कारण स्थानीयले ज्यान गुमाउनु परेको गुनासो प्रहरी समक्ष गरेको उहाँले बताउनु भयो । शनिबार दिउसो पौने ४ बजे पनौती नगरपालिका वडा नम्वर ९ जाईटोल बस्ने सुमन तामाङको २२ महिनाको छोरी कृष्टिना घर देखि ३ सय मिटर पर जागेश्वरी इट्टा भट्टाका लागि शौचालय बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेको थिईन । तत्काल बालिकाको आमाले देखी निकाल्न जाँदा बालिकाको निधन भई सकेको थियो । तर उपचारका लागि बनेपा स्थित शिर मेमोरियल अस्पताल पठाए पनि डाक्टरले शुरुमै मृत घोषित गरेका थिए । पीडित परिवारले लार्पवाहि गर्ने जागेश्वरी भट्टाको साहुलाई कारवाहीको माग गरेका छन् । प्रहरीले अनुसन्धान गरिरहे पनि भट्टा साहु पक्राउ परेका छैनन । मुलुकी संहिताले भवितब्य ज्यान अन्र्तगत मुद्दा दर्ता गर्न मिल्ने भए पनि प्रहरीले भट्टा संचालकलाई उन्मुक्ति दिदै समान्य सोधपुक्ष समेत गर्न चाहेन । ‘पीडितका उजुरी नभएकाले अनुसन्धान अगाडी बढाएका छैनौं, छलफलका लागि भट्टा संचालकलाई बोलाएका छौं’–प्रहरी निरिक्षक तिमल्सिनाले भन्नु भयो–‘हामी मिलिसक्यौंm तपाईहरु हाम्रो पछि किन लाग्नु हुन्छ भन्ने जवाफ पीडितले दिए ।’ प्रहरीले मुचुल्का सँगै पीडितले उजुरी नदिए प्रहरी प्रतिवेदनका आधारमा लार्पवाहि गरेका भट्टा संचालकहरुलाई कारवाही गर्न सक्छ । 
    २०७५ साल माघ ३ गते इ“ट्टाको चाङ पल्टदा पा“चखालमा दिदीभाईको मृत्यु भयो । हनुमान इ“ट्टा उद्योग भएको घटनामा रोल्पा गंगादेव गाउ“पालिका ज्ञानबहादुर परियारको ११ महिने नाबालक छोरा निर्माण र ३ बर्षीय छोरी जेनिशाको मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए । उद्योगमा मजदुरी गर्न आएका ज्ञानबहादुरका छोराछोरी उद्योग परिसरमा खेल्दै थिए । पढाई छोडेर बालबालिकाहरु अभिभावको साथमा इ“टा उद्योगमा नै आउने गरेका छन् । रोल्पाको पारी गाउ“पालिकाका ३ बर्षीय झरना घर्ती र भारत दरवंगाका ३५ बर्षीय सितादेवी पासवान घाइते भएका थिए । भट्टा संचालकले मृतकका परिवारलाई केहि लाख रकम उपलब्ध गराएर घटना सामसुम बनाएका थिए । 
२०७६ साउन २९ गते बनेपा नगरपालिका वडा नम्बर १ मा तिजिक नामक औषधी उत्पादक कम्पनीले खनेको खाल्डोमा भरिएको पानीमा पौडी खेल्ने क्रममा डुबेर ११ बर्षीय रुक्सना गोलेको मृत्यु भयो । स्थानीय सृष्टीकान्त विद्यालयमा कक्षा ४ मा अध्ययनरत ११ बर्षीय गोलेको मृत्यु भएको थियो । ६ र ८ बर्षका अन्य दुई साथीसंगै गोले पौडी खेल्न गएकी थिइन् । उद्योग संचालकहरुको लार्पवाहिका कारण पटक पटक भएका दुर्घटनामा प्रहरीले मुद्दा चलाएको छैन । केहि वर्ष अघि नमोबुद्द नगरपालिकामा संचालित भट्टामा पनि उद्योगकको लार्पवाहिका कारण केहिले ज्यान गुमाएका थिए ।