2026 April 22/ 05:25: 05am

पनौती/रोट्ट्रयाक क्लब अफ पनौतीको आयोजना भिजिट नेपाल २०२० को अबसरमा तेस्रो नगर स्तरीय नृत्य प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ । 
प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन  पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा न्यौपानेले सबै संघ संस्थाहरु मिलि विकासका काम, सामाजिक कार्यहरु गर्नुपर्ने बताउनु भयो । नगरपालिकाले नीति बनाउने र सबै संघ संस्था र नगरवासीहरु मिली नगरको विकासमा लाग्नुपर्ने बताउनु भयो । जुन संस्थाले कार्यक्रमको आयोजना गरेको छ नगरपालिकाले गर्नुपर्ने आज रोट्ट्रक्याकले गरेको छ विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले गरिएकोले धन्यबाद दिनु भएको थियो । यस्ता कार्यक्रमहरुलाई नगरले सहयोग गर्ने भएकाले सबै एकसाथ अगाडी बढनु पर्ने बताउनु भयो । कार्यक्रममा क्लबका कोअडिनेटर मनिष श्रेष्ठले विगत ३ वर्ष देखी क्लबले विभिन्न सामाजिक काम गर्दे आएको बताउनु भयो । नृत्य प्रतियोगिता, गरिब तथा जेहेन्दार ३ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान, जेष्ठ सदस्यहरुलाई सम्मान, सरसफाई, स्वास्थ्य शिविर लगायतका कार्यहरु गर्दै आएको बताउनु भएको थियो । कार्यक्रममा बनेपा हेल्थका निर्देशक जितेन्द्र थापाले छात्रबृत्तिका लागि रु १ लाख क्लबका अध्यक्ष सितुराज सैंजुलाई हस्तान्तरण गर्नु भएको थियो ।