2026 April 22/ 05:23: 33am

पनौती/नेपाल हृदय रोग निवारण प्रतिस्थान काभ्रे शाखा र कुशादेवी उपशाखा तथा पातिखोरिया कृषि सहकारी संस्था रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अफ काभ्रे बनेपा, लायन्स क्लब अफ काभ्रे बनेपा तथा रोट्र्याक्ट क्लब अफ के यु मेडिकल साइन्सको सम्युक्त प्रयास मा कुशादेवी स्वास्थ चौकीमा निशुल्क मुटु रोगको रोकथाम उपचार तथा परामर्स शिबिर सम्पन्न भएको छ ।     
शिबिरमा धुलिखेल अस्पतालका चिकित्सक डा. टंक प्रसाद पन्त तथा सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. किशन कुशबाह एवं नेपाल हृदय रोगको तर्फबाट कृष्ण सिकु श्रेष्ठ, रुपा कर्माचार्य, सबिना श्रेष्ठ, बिदुर केसी, सुनिल केसी, रोट्र्याक्ट्र्स मेडिकल टिमका तर्फबाट  सौरव तिवारी, समिना बस्नेत, सिदार्थ रजक, रोशनी इशानी प्रजापतिको सहयोगमा निःशुल्क मुटुको परिक्षण परामर्श तथा उपचारका साथै इसिजिको माध्यमबाट मुटुको गतिको परिक्षण र आवस्यक बिरामीलाई निःशुल्क औषधि प्रदान गरिएको थियो । शिविरमा जम्मा १ सय ५ जनाको उपचार गरिएको थियो । साथै ४७ जनाको इसिजी परिक्षण गरिएको थियो । शिविरमा अधिकांश ब्यक्तिहरुको उच्च रक्तचाप मापन गरिएको थियो । उच्च रक्तचापका बिरामी र केही बिरामीको मधुमेह र बाथमुटु रोगको लक्षण देखिएको थियोे । मुटुरोग विशेषज्ञ डाक्टरको सेवा आफ्नै घर आँगनमा उप्लब्ध गराएकोमा स्थानीयले धन्यबाद दिदै आगामी दिनहरुमा समेत निरन्तरता दिन प्रतिष्ठानका अध्यक्ष अशोक श्रेष्ठलाई आग्रह गरेका थिए ।