बनेपा/६७ औं विश्व कृष्ठरोग दिवसको अवसरमा बनेपा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्र्तक्रिया कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । पौडेलले नगरमा कुष्ठरोगी संख्या नरहेकोले कतै रोग लुकाएर बसेका रहेछन् भने समयमानै उपचार गर्न आग्रह गर्नु भएको थियो । नगरले कुष्ठरोग मात्र नभई अन्य रोगहरुबाट बच्न समयमानै विभिन्न शिबिर, जनचेतना कार्यक्रमहरुलाई विशेष जोड दिएको वताउनु भयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग विभागका अधिकृत विष्णु प्रसाद जैसिले जिल्लामै ०.२५ प्रतिशतमात्र कृष्ठरागी रहेको वताउनु भयो । सन २०२० सम्ममा जिल्लबाट निर्मुल पार्ने उदेश्य रहेकाले स्थानिय स्तरबाटै चेतनामुलक शिक्षा दिन आवश्यक रहेको जैसीले वताउनु भयो । कृष्ठरोग देखीएमा समयमा नै उपचार गरेमा निको हुने भएकाले दैवि शक्तिको पाप नभई किटाणुबाट लाग्ने रोग भएको जैसीले वताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका कार्यपालिका सदस्य अम्बिका प्रजापति, टुकुचा हेल्थपोष्ट ईन्चार्ज ललिता आचार्य, स्वयंमसेवीका लक्ष्मी बादे लगाएतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य स्वास्थ्य शाखाकी सिता भट्टराईले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा स्वास्थ्य विकास समिती संयोजक शेरबहादुर सुवालले गरेका थिए । कार्यक्रममा नगरका स्वयमसेवीका, हेल्थपोष्ट ईन्चार्ज, ब्यबस्थापन समितीका पदाधिकारी स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।





