अन्तर्राष्ट्रिय संस्था आईडिया नेपालले ६७ औं विश्व कृष्ठरोग दिवस २०७६ विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा आईडिया नेपालका अध्यक्ष अम्बर वहादुर तिमल्सिनाले रोग लागेका ब्यक्तिलाई हुने सामाजिक विभेद र रोगलाई देवताको श्रापका रुपमा लिने प्रवृतिकै कारण यो रोग लागेका ब्यक्तिले समयमा उपचारका लागि स्वास्थ्य सस्थामा पुग्न नसकेको बताए । सरकारले रोग निवारण गरेको ९ वर्ष पछि १७ जिल्लाामा निवारण नभएको स्वास्थ्य सेवा विभागले जनाएको वताए । रोग निवारण घोषणा भएकाले सरकार, गैह्र सरकारी संस्था दुवैले यसलाई कम प्राथमिकता दिएकाले संख्या घट्न नसकेको समेत तिमल्सिनाले वताए । कार्यक्रममा पूर्वमन्त्री अमृत बोहोराले कुष्ठरोग नेपालबाट समेत हटिसकेको भन्ने भ्रम परिरहेको रहेछ त्यसैले अहिले पनि नेपालमा ३ हजार भन्दा बढी रोगी भएकाले नेपाल सरकार, स्वास्थ्य संस्था, गैह«सरकारी संस्थाहरु एकसाथ रोग निर्मुल पार्न लाग्नुपर्ने बताए । रोगका बारेमा आमनागरिकहरुलाई मात्रै नभएर सम्पूर्ण संघ संस्थालाई बुभाउन जरुरी रहेको समेत बोहोराले बताए । ‘सरकारले कुष्ठरोग लाग्ने, सर्ने र अङ्गभङ्ग हुने ब्यक्तिको संख्या शुन्यमा झार्ने कल्पना गरेको छ’– बोहोराले वताउनु भयो । बोहोराले रोग लागेका कारण तिरस्कार गरिने कानुन हटाउन भने पनि विवाह सम्बन्धी र महलमा कुष्ठरोग लागेका ब्यक्ति सँग विवाह गर्न÷गराउन नहुने भनि ब्यबस्थालाई सम्बोधन गर्न पहल गर्ने बताउनु भयो । कार्यक्रममा काभ्रे क्षेत्र १ का प्रतिनिधी सभा सदस्य गंगा बहादुर दोङले विभेदकारी कानुन संशोधन गर्न संसदबाटै पहल गरिने वताए ।
नेपालमा जोकोही ब्यक्ति विना भेदभाव रहित बाँच्न पाउने अधिकारलाई कुण्ठित नगरिने दोङले वताए । त्यसैगरी बर्दियाका प्रतिनिधी सभा सदस्य मोहन बानियाँले धनुषा, बारा, बर्दिया लगायतका १७ जिल्लामा नयाँ रोगी बढी संख्यामा भेटिएकाले समयमा नै उपचार गर्नुपर्ने बताए । रोग लागी सकेपछि भन्दा लाग्नु भन्दा पहिलै जनचेतना मुलक शिक्षा दिनु पर्ने, सामाजिक विभेद हाटाउनु पर्ने, रोग लागेका ब्यक्तिहरुले पनि बहिस्कारमा पर्ने डरले रोग लुकाउन नहुने र रोग लाग्ना साथ उपचार गराएमा समयमै निको हुने वानियाँले वताए । त्यसैगरी खानीखोला गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खुलालले अम्बर एउटा गाउँमा अपहेलित भएर निस्केको ब्यक्तिले अन्तर्राष्ट्रियस्तरमा कुष्ठरोग लागेकाका ब्यक्तिहरुको उपचार र जनचेतनामूलक कार्य गर्दे हिडेकोमा धन्यवाद दिएका थिए । गाउँपालिकाले सामाजिक विभेदलाई अन्त्य गरी समाजमा सबैलाई समान गर्ने जनचेतनामुलक शिक्षा दिनलाई जोड दिने बताए । गाउँपालिका विभिन्न संघसंस्था, स्वास्थ्य संस्था, शिक्षक लगायत मिली रोग निवारणमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा आनन्द बन अस्पतालका तालिम संयोजक गोपाल पोखरेल, अस्पतालका तालिम अधिकृत राजकुमार पौड्याल, अस्पतालका डा महेश साह, हेराल्ड कलेजका नारायण बडाल, आईडिया नेपालका सदस्य प्रल्हाद दाहाल लगायत, फ्रान्न्स र रुसी देशका प्रतिनीधि, विभिन्न सघं सस्थाका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । आईडिया संस्थाले विगत १० वर्ष देखी कृष्ठरोग सम्बन्धी नेपाल तथा फ्रान्स, रुस लगायतका देशहरुमा काम गरिरहेको वताएको थियो । नेपालमा ९ वर्ष पहिले देश भरिमा १० हजार जनामा रहेको भए पनि हाल सम्म ३ हजार २ सय ८२ रहेको, समाजमा अझै अपहेलित, अपमान, सामाजिक बहिष्कार समेत हुनु परेको राज्यले पनि नहेरेको, उपचारमा सहुलियत नपाएको रोगीहरुले दुखेसो पोखेका थिए ।





