2026 April 22/ 05:24: 56am

विरामीलाई सामाग्री र नगद, अन्यलाई चेतनामूलक सन्देश
धुलिखेल/कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान भन्ने मुल नाराका साथ धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखुपाटीचौरमा बिरामीहरुलाई सहायता सामग्री तथा उपचार सहयोग रकम समेत हस्तान्तरण गरिएको छ । 
सोहि अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । विश्व कुष्ठरोग दिवस पत्ता लागेका धुलिखेल नगरपालिका १२ का २ जना बिरामी बर्ष ६५ की सीता मायाँ तामाङ र बर्ष ७५ की चिनीमायाँ तामाङ लगायतलाई सहयोग सामाग्री उपलब्ध गराईएको थियो । शंखेश्वरी माविका विद्यार्थीहरु शिक्षक  महिला स्वास्थ्य स्वयंसेविका, राजनीतीक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि सहितको सहभागितामा प्लेकार्ड सहित निस्केको ¥याालीले स्वास्थ्य चौकी देखि नमोबुद्ध फेदी सम्म परिक्रमा गरेको थियो । वडा अध्यक्ष हर्क बहादुर लामाको नेतृत्वमा ¥यालीमा नगर स्वास्थ्य प्रमुख सन्दीप केसी,  स्वास्थ्य अधिकृत शरद चन्द्र थापा लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
    शंखु शहरको परिक्रमा पछि स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख अञ्जु अधिकारीले स्वागत गर्नु भएको थियो । नगर स्वास्थ्य प्रमुख सन्दीप केसीले कुष्ठरोगको बारेमा चर्चा गर्दै कुष्ठ रोगलाइ हेर्ने दृष्टिकोण बदल््नु पर्ने आवश्यकता रहेको बताउनु भयो । स्वास्थ्य कार्यालय काभ्रेका क्षयरोग कुष्ठ अधिकृत बिष्णु जैसीले क्षयरोग उन्मुलन गर्न देश लागि परेको र कुष्ठ रोगबाट हुने अपांगता दर कम गर्ने लक्ष्य रहेको बताउनु भयो । अन्तरक्रियामा स्वास्थ्यकर्मी तथा कुष्ठ रोगका बिरामीका आफन्तहरुले उठाएका प्रश्नको जवाफ दिंदै नगर स्वास्थ्य प्रमुखले स्वस्थ शहर धुलिखेलको अवधारणामा कार्य गरिरहेकोले अपांग तथा बृद्धबृद्धाको स्वास्थ्य वीमा लगायतका कार्यमा सहयोग गरी स्वास्थ्य सेवामा जनताको पहुँच अभिबृद्धि गर्न नगरपालिका लागि परेको बताउनु भयो ।
कार्यक्रममा दुईजना बिरामीहरुलाई सहायता सामाग्री वाकर सहित उपचार सहायता बापत जनही २ हजार ५ सयका दरले नगद रकम वितरण गरिएको थियो । वडा अध्यक्ष हर्क बहादुर तामाङले स्वास्थ्य सम्वन्धी यस्ता कार्यक्रमले समुदायमा लुकेर रहेका बिरामीको खोजी गरी उपचारमा ल्याउन सहयोग पु¥याउने तथा स्वस्थ शहर निर्माणमा सघाउ पुग्ने बताउनु भयो । स्वास्थ्यकर्मी रीता रिजालको सहयोगमा दुवैजना विरामीहरुले आनन्द बनअस्पतालबाट उपचार लिइरहेका छन् भने सीता तामाङलाई थप अन्य उपचारको लागि समेत सल्लाह दिईएको अवस्था रहेको शंखु स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट मनिषा लामिछानेले जनाउनु भएको छ । अन्तरक्रिया कार्यक्रम नगर स्वास्थ्य अधिकृत सरोज थापाले सञ्चालन गर्नु भएको थियो ।