2026 April 22/ 05:39: 42am

भकूण्डेवेशी/राष्ट्रिय वाणिज्य बैंकको ५५ औं स्थापना दिवस अबसरमा भकूण्डेवेशी शाखाले बालबालिकालाई स्टेशनरी वितरण गरेको छ । 
नमोबुद्ध–७ स्थित जनहित माध्यमिक विद्यालयका ६० जना विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ । शाखा प्रबन्धक सुजन ढकालका अनुसार बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको हो । सोहि कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, वडाअध्यक्ष धर्मसिं तामाङ हस्तान्तरण गर्नु भएको थियो । बार्षिकोत्सवकै अवसरमा आयोजित कार्यक्रममा शाखा मार्फत उत्कृष्ट कारोबार गर्ने चार जना ग्राहकलाई सम्मान गरिएको थियो ।