2026 April 22/ 05:40: 39am

बनेपा/काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पदस्थापन, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बनेपामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले नगरको विकासमा जेसीजका युवाहरु सक्रिय हुनुपर्ने बताउनु भयो । नगरपालिकाले लिएका विभिन्न लक्ष्यहरुलाई सहयोग पु¥याउन सहकार्यका लागि नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । कार्यक्रममा मातृ शाखा अध्यक्ष, काभ्रे जेसीज २०२० का अध्यक्ष रिकेश श्रेष्ठ, काभ्रे महिला जेसीजका अध्यक्ष भगवती श्रेष्ठ, जुनियर जेसीजका अध्यक्ष रशिक शाक्य, वर्ष २०१९ का काभ्रे जेसीज अध्यक्ष विजेश मुल्मी, काभ्रे महिला जेसीज जयन्ती मानन्धर, बनेपा जुनियर जेसीजका अध्यक्ष सुजन महर्जन, पूर्व अध्यक्षहरु इन्द्रनारायण भैल, विकास मानन्धर, उपाध्यक्ष सञ्जीव मानन्धर, महासचिव सुवास बैद्य लगायतले जेसीजका उदेश्य र गतिविधिहरुका बारेमा मन्तब्य राखेका थिए । सोहि कार्यक्रममा ब्यक्तित्व सम्मानबाट महेश कर्माचार्य र सुधा सिलवाललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट अवार्डहरुमा स्व. राम श्रेष्ठ उत्कृष्ट जुनियर जेसीज पुरस्कारबाट निर्जन गौतम, नानीमाया जोशी उत्कृट महिला जेसीजबाट बुद्धलक्ष्मी मानन्धर, स्व. खोमबहादुर गुरुङ्ग उत्कृष्ट संचालक समिति सदस्यबाट सुमित मानन्धर, राजेन्द्र जोशी उत्कृष्ट जेसी पुरस्कारबाट सुरेन्द्र शुद्धाकार, स्व. राम श्रेष्ठ स्मृति उत्कृष्ट कार्यक्रम संयोजकका रुपमा सञ्जीव मानन्धर र स्व. रत्नलाल मानन्धर स्मृति उत्कृष्ट सहभागिता पुरस्कारबाट राजेश रञ्जित पुरस्कृत भई अवार्ड प्राप्त गरेका छन् । संयुक्त रुपमा वर्ष २०१९ का पदाधिकारीहरुले वर्ष २०२० का पदाधिकारीहरुलाई पदस्थापन गराएका थिए । 
वर्ष २०२० का लागि रिकेश श्रेष्ठको अध्यक्षतमा नयाँ समिति चयन गरेको छ । कार्यकारिणी उपाध्यक्षमा सञ्जीव मानन्धर र सुमित मानन्धर, उपाध्यक्ष पुरन मानन्धर, रिकेश सैंजु, राजन मानन्धर र कृष्णकुमार श्रेष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुनु भएको छ । त्यस्तै सुरेन्द्र शुद्धाकार कोषाध्यक्ष, कानुनी सल्लाहकार उमेश मानन्धर लगायत निर्वाचित भएका थिए । वर्ष २०२० का लागि काभ्रे महिला जेसीजका अध्यक्ष भगवती श्रेष्ठ, जुनियर जेसीजका अध्यक्ष रसिक शाक्य निर्विरोध निर्वाचित भएका छन् ।