बेथान्चोक/बेथान्चोक जेसीजले वर्ष २०२० का लागि निर्वाचित पदाधिकारीहरुको पदस्थापन, ब्यक्तित्व सम्मान तथा पुरस्कार वितरण कार्यक्रम जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बेथान्चोक गाउँपालिकाको ढुंखर्कमा बेथान्चोक जेसीजले पत्रकारिताको माध्यमबाट नेतृत्व प्रदान गर्र्दै समुदायका युवाहरुको प्रेरणाको श्रोत बन्न सकेकोमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्ष पदमा रहँदा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा बेथान्चोकको माटोलाई चिनाउन भूमिका खेलेको भन्दै नेपाल समाचारपत्रकर्मी मोतीराम तिमल्सिनालाई ब्यक्तित्व सम्मानबाट सम्मान गरेको हो । बेथान्चोक जेसीजका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिनाले तिमल्सिना लगायत बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, शिक्षक संघका बाग्मती प्रदेश अध्यक्ष नारायणप्रसाद तिमल्सिना, पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा र जेसीजका राष्ट्रिय महासचिव टेकराज रेग्मीलाई सम्मान गरिएको थियो । सम्मानित ब्यक्तिहरुले बेथान्चोक गाउँपालिकाका लागि महत्वपूर्ण योगदान पु¥याएको बताईएको छ ।
बेथान्चोक जेसीजको कार्यक्रममा संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिनाले वर्ष २०२० का अध्यक्ष राजेश तिमल्सिनालाई पद हस्तान्तरण गर्नु भएको थियो । बेथान्चोक जेसीजलाई भकुण्डे जेसीजले मातृ शाखाका रुपमा प्रस्ताव गरेको थियो । बेथान्चोक जेसीजले पर्यटन सम्वन्धी कार्ययोजना बनाई प्रचार प्रसारमा सहयोग गर्ने र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा बेथान्चोकलाई चिनाउन पहल गर्ने अध्यक्ष राजेश तिमल्सिनाले बताउनु भयो । श्रस्टाहरुको सम्मान, बेथान्चोक गाउँपालिकालाई समृद्ध बनाउन विशेष कार्यक्रमहरु आयोजना गरी युवाहरुलाई आयआर्जनमा जोडी ब्यक्तित्व विकासमा कृयाशिल हुने अध्यक्ष तिमल्सिनाले बताउनु भयो । राष्ट्रिय अध्यक्ष अशोक शंकरले विश्वसामु जोड्न जेसीज महत्वपूर्ण माध्यम भएकाले बेथान्चोकमा आन्तरिक र बाह्य पर्यटकहरुलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । समाजमा देखिनेगरी युवाहरुको नेतृत्वमा असल कार्य गर्नु पर्ने बताउँदै जेसीजमा सहभागि युवाहरु विदेशिनु नपर्ने गरी कार्ययोजना बनाई सकारात्मक सोचको विकास गराउने र मुलुक निर्माणको अभियानमा युवाहरुलाई सक्रिय बनाउनु पर्नेमा राष्ट्रिय अध्यक्ष अशोक शंकरले जोड दिनु भयो । वर्ष २०१९ का अध्यक्ष एवं संस्थापक मुक्तिनाथ तिमल्सिनाले बेथान्चोकलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उदेश्यले नयाँ सस्थाको स्थापना गरिएको बताउनु भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, शिक्षक संघका बाग्मती प्रदेश अध्यक्ष नारायणप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा, राष्ट्रिय समितिका आईटी को–अर्डिनेटर अनिल ब्लोन, मातृशाखा भकुण्डे जेसीजका अध्यक्ष श्रीकृष्ण अधिकारी, वडा अध्यक्ष भगवान घिमिरे, वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष रुकमणी सिग्देल, महासचिव कमल नेपाल, हरिकृष्ण दाहाल, सुजन जंगम, प्रदीप आचार्य लगायतले जेसीजको महत्वका बारेमा बताउनु भएको थियो ।
वर्ष २०२० का लागि बेथान्चोक जेसीजमा जेसी राजेश तिमल्सिनाको अध्यक्षतामा वर्ष २०२० का लागी नयाँ कार्य समिती गठन भएको छ । समितिमा निवर्तमान अध्यक्ष जेसी मुक्तिनाथ तिमल्सिना, कार्यकारिणी उपाध्यक्ष जेसी हरिकृष्ण दाहाल, कार्यकारिणी उपाध्यक्ष जेसी डिगमान लामा, महासचिव जेसी कमल नेपाल, कोषाध्यक्ष जेसी मोहन कृष्ण तिमल्सिना, कानुनी सल्लाहाकार जेसी प्रदिप आचार्य, उपाध्यक्षहरु जेसी सुजन जंगम, जेसी संदिप तिमल्सिना, जेसी शान्ति खत्री र जेसी अजय तामाङ्ग रहनु भएको छ । नयाँ समितिले बेथानचोक गाउँपालिका भित्र सामाजिक अभियानका विभिन्न कृयाकलाप संचालन गर्ने योजना बनाएको अध्यक्ष राजेश तिमल्सिनाले बताउनु भयो ।





