2026 April 22/ 03:43: 29am

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ७ को आयोजनामा तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा १ दिने मधुमेह जाँच तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । 
    जनचेतना कार्यक्रममा वडा अध्यक्ष बर्ण शाक्यले वडाले विकासका काम सगै सामाजिक दायित्व र जनतालाई प्रत्यक्ष सोरकोकारका कामहरु गर्दे जाने बताउनु भयो । अहिलेको समय अनुसार खानपान र अन्य कारणले मधुमेहका विरामिहरु बढदै गएकाले उक्त शिबिरको आयोजना गरिएको बताउनु भयो । रोग लागेपछि उपचार गर्नु भन्दा लाग्नै नदिनुु ठुलो हुने भएकाले जनचेतना अभियान समेत सञ्चालन गरिएको शाक्यले बताउनु भयो । बनेपा नगरपालिका भित्रकै मुख्य बजार रहेको वडामा सहयाक बाटाहरु समेत कालोपत्रे अन्तिम चरणमा पुगेकाले वडाबासीको विकास निमार्णमा सहयोग अपरिहार्य रहेको शाक्यले वताउनु भयो । शिबिरमा १ सय भन्दा बढिले जाँच गराएका थिए ।