बुडोल/धुलिखेल–रविओपी–नगरकोट सडकको स्तरोन्ती कार्यको शिलयान्यास प्रदेश सभासद बसुन्धरा हुमागाईले एक कार्यक्रमका विच गर्नु भएको छ ।
स्तरोन्ती प्रथमचरणको कार्य बनेपा नगरपालिका वडा नम्बर ६ को कुईकेल मार्ग देखी गोसाईथान सम्मको ९ सय मिटरमा ड्रेन, वाल र ७ मिटर चौडाको कालोपत्रे गरीन लागेको कार्यक्रमका सभापति तथा ६ नम्बर वडा अध्यक्ष सचितानन्द केसीले बताउनु भयो । प्रदेश सरकारको आर्थिक सहयागेमा उक्त सडकको स्तरोन्ती गर्न लागिएको प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले बताउनु भयो । हुमार्गाले विकासका कामहरु तिब्र गतिले अगाडी बढेकाले परिणाम आउन लागेको बताउनु भयो । हुमागाईले उक्त मार्गलाई नगरकोट सम्म कालोपत्रे गर्ने योजना राखिएको र पर्यटकहरुलाई बनेपा धुलिखेल र नगरकोट सिधा सडक मार्ग पर्ने पर्यटनलाई समेत फाईदा पग्ने बताउनु भयो । प्रदेश सरकारले काभ्रेमा विकासका कामलाई विशेष प्राथमिकतामा राखेकाले ठुला ठुला आयोजना समेत आगामि आर्थिक बर्ष बाट शुरु गर्न लागेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेले तिनवटै सरकार मिलि बनेपा नगरको विकासमा लागेको बताउनु भयो । सुखि बनेपाली समृद्धि बनेपा बनाउन सबै नगरवासीहरुको समेत साथ सहयोग चाहिने वताउनु भयो । विकासका कामहरुलाई समेत वर्गिकरण गरी नगरपालिका प्रदेश र सघंले गर्ने योजनाहरु छुट्टाई अगाडि बढेको वादेले बताउनु भयो । बनेपा नगरपालिका भित्र प्रमुख समस्याका रुपमा रहेको खानेपानिको काम ९९ प्रतिशत सम्पन्न भैईसकेको, करिडोरको काम शुरु भएको, सागाँ, भैसेपाटी जनागाल बृहत खानेपानिको काम शुरु भएको, भैसेपाटी बाँसडोल जाने मुख्य सडक कालोपत्रे शुरु गरिएको, फोहोरमैला ब्यबस्थापन मार्ग सडक स्तरोन्तीकार्य अगाडी बढेको बताउनु भयो । त्यसै गरी कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले नगरका विकासका कामहरु तिब्र गतिले अगाडी बढेको बताउनु भयो । विकास भनेको भौतिक मात्र नभई समाज परिवर्तन पनि विकास हो भन्ने सम्झनु पर्छ सापकोले भन्नु भयो । नगरपालिकाले किशोरीहरुको लागी जिवन उपयोगी शिक्षा, कृषकहरुलाई समयअनुसारको कृषि तालिम, विउविजन वितरण, गोठ सुधार, युवा लक्षीत कार्यक्रम, स्वास्थ्य शिबिर, जष्ेठ नागरिक सम्मान, खेलकुद, मेयर कप, सचेतना कार्यक्रम लगाएतका कार्यक्रमहरु सञ्चालन गर्दे आएको वताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, समाजसेवी राम प्रसाद अधिकारी लगाएतले शुमकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उक्त योजना २ करोड ८३ लाख ४९ हजार लागतमा आगामी २०७७ जेठ मसान्त सम्ममा सक्नुपर्ने वताएको छ । कार्यक्रम बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।





