2026 April 22/ 03:43: 28am

     पनौती/पनौती नगरपालिकाको दुध मिल सगै १ सय शैयाको अस्पताल बन्ने भएको छ । अस्पतालको शिल्यन्यास पुर्व उद्योग मन्त्री तथा प्रतिनिधी सभा सांसद महेश बस्नेतले गर्नु भएको छ ।  
वस्नेतले नागरीकहरुले सहजै रुपमा पाउने स्वास्थ्य सेवालाई सरकारले पनि सहयोग गर्र्ने वताउनु भयो । ५ वर्ष भित्र नेपाल सरकारले देशका सबै स्थानीय तहमा शिक्षा, स्वास्थ्य पु-याउने घोषणा गरिसकेकाले उक्त कार्यको शुरुवाती समेत भैईसकेको बस्नेतले बताउनु भयो । सुखी नेपाली सबृद्ध नेपाल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक भएकाले निजी क्षेत्र र सरकार दुवैको साझेदारीमा विकास निमार्णका कामहरु सम्भव हुने बस्नेतले वताउनु भयो । कार्यक्रममा अस्पतालका अध्यक्ष रामचन्द्र थापाले १ अर्ब ५ करोडमा अस्पताल निमार्ण हुने वताउनु भयो । थापाले  ११ रोपनी क्षेत्रफलमा बन्न लागेको भैरब अस्पतालमा ६ जना सञ्चालक रहेको वताउनु भयो । अस्पतालाई १ वर्ष भित्र निमार्ण सम्पन्न गरी अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने थापाले वताउनु भएको थियो । कार्यक्रममा वाग्मती प्रदेश सदस्य बसुन्धरा हुमागाई,  पनौती नगरपालिका उप प्रमुख गिता बन्जारा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाई, पनौती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुधिर सापकोटा, पनौती उद्योग वाणिज्य सघंका अध्यक्ष भोला थापा लगाएतको उपस्थिती रहेको थियो ।