बनेपा/बनेपा नगरपालिकाको आयोजनामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०७६ को उद्धघाटन नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको छ ।
बादेले स्वास्थ्यको लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारालाई आत्मसात गर्र्र्दै नगरपालिकाले फुटबल खेलको आयोजना गरेको बताउनु भयो । जनप्रतिनीधिहरु निर्वाचित भएर आए पछि नगरमा युवाहरुका लागी मानव जीवनलाई नै गति दिने र युवाहरुलाई खेलहरु प्रती जागरुक गराउन खेलको आयोजना गरिएको बताउनु भयो । खेलले अनुशासित, जागरुक, स्वस्थ्य, स्वभीमानी हुन्छ, बादेले भन्नु भयो । सबै नागरीकहरुले खेल खेल्नु पर्छ, खेलले मानसिक रुपमा समेत स्वास्थ्य बनाउँछ, स्वस्थ मानिसले कुनै पनि काममा सफलता पाँउछ त्यसैले हरेक नागरीकलाई अनिवार्य खेलकुद आबश्यक रहेको प्रमुख अतिथी बादेले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष तथा खेल संयोजन समितिका संयोजक गौरी राउतले सबै खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नु भयो । खेलमा नगरका १४ वटा वडाबाट १६ वटा टिम सहभागी भएका छन् । पहिलो खेलमा बनेपा नगरपालिका वडा नम्बर १२ र १४ विच भएको थियो । खेलमा १४ नम्बर वडाले १२ नम्बर वडालाई शुन्यका विरुद २ ले हराएको छ । त्यसै गरी दोस्रो खेलमा वडा नम्बर ३ र वडा नम्बर ९ विच भएको खेलमा वडा नम्बर ३ लाई वडा नम्बर ९ ले शुन्यका विरुद्ध ५ गोलले हराएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ६० हजार, दोस्रो हुनेलाई ४० हजार नगद रहेको राउतले वताउनु भयो । प्रतियोगिता माघ १५ गते बुधबार सम्पन्न हुनेछ । प्रतियोगितामा बनेपा नगरपालिका वडा नम्बर १ देखी १४ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, काभ्रे जिल्ला फुटबल सघंका अध्यक्ष विकास श्रेष्ठ, नेपाल प्रहरी विद्यालयका प्राचार्य श्रीराम भण्डारी लगायतको सहभागिता रहेको थियो ।





