2026 April 22/ 03:42: 26am

पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.पनौती ४, टौखालको २६ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । 
 सोहि अवसरमा जिल्ला भरीका सामुदायिक तथा नीजि बिद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा १५ वटा बिद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगितामा बेलर एकेडेमी बनेपा  प्रथम, भालेश्वर मा.बि.पनौती द्धितिय, एस.ओ.एस बालग्राम श्रीखण्डपुर तृतिय  र कुशादेवी मा.बि. कुशादेवीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगिता संस्थाका अध्यक्ष प्रकाश बन्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बन्जाराले संस्थाको सामाजिक दायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । संस्थाले सदस्यहरुका लागी स्वास्थ्य शिबिर सिपमुल तालिम लगाएतका कार्य गर्दे आएको बताउनु भयो । 
प्रतियोगितामा संस्थाका कोषाध्यक्ष तथा हाजिरीजवाफ प्रतियोगिता सन्चालन समितिका सम्योजक प्रताप ताम्राकारको अध्यक्षतामा भएको थियो ।  संस्थाका कार्यकारी अधिकृत मदन बस्नेतले प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुने समूहलाई क्रमश  नगद ३० हजार, २० हजार १० हजार र ५ हजार सहित ट्रफी पुरस्कार रहेको एवं पुरस्कार वितरण संस्थाको स्थापना दिवसका दिन माघ १४ गते गरिने बताउनु भयो । दुई चरणमा सम्पन्न उक्त प्रतियोगिताको सन्चालन संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद तिमल्सिनाले गर्नु भएको थियो ।