2026 April 22/ 03:42: 27am

उद्यमीहरुलाई सम्मान
पनौती/उद्यम विकास तथा ऋण तथा सहकारी सस्था लिमिटेड  १३ औ स्थापना दिवस पनौती नगरपालिका उप प्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी बञ्जाराले महिलाहरु पनि पुरुष भन्दा कम नरहेको तथा थोरै पुजींमा पनि सफल ब्यबसायी बन्न सक्ने बताउनु भयो ।  बञ्जाराले बचत गर्ने शिलशिलामा महिला अग्रसर हुने भएकाले महिला दिदी बहिनीहरुलाई बढि भन्दा बढी उद्यमी भै आत्मनिर्भर बन्न र स्वआर्जन गर्न प्रेरीत गर्नु पर्ने बताउनु भयो । संस्थाले विभिन्न सफल उद्यमीहरुलाई सम्मान गरेकोमा सदस्यहरुलाई हौसला मिल्ने भएको हुँदा उक्त कार्यलाई आगामी दिनमा निरन्तरता दिन र तालिमहरु सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनु भयो । सहकारी, सघं सस्थाहरु सँगै नगरपालिका विकासका कामहरु र जनताको आयस्तर उकास्नका लागी हातेमाले गरेर अगाडी बढ्न तयार रहेको बन्जारले वताउनु भयो  । 
कार्यक्रममा सस्थाका अध्यक्ष रोशन कुमार श्रेष्ठले संस्थाले अघिल्ला बर्षहरु भन्दा यो वर्ष स्थापना दिवस फरक तरिकाबाट मनाईएको बताउनु भयो । संस्थाका शेयर सदस्यहरु मध्ये आर्थिक कारोबार नियमित गर्नु भई आफै उद्यमी भएका ६ जना सदस्यहरुलाई नगद ३ हजार दोसल्ला र सम्मान पत्रद्धार समनित गरिएको श्रेष्ठले बताउनु भयो । त्यसैगरी सस्थाका शेयर सदस्य टिकारानी वाईवाले शुरुमा २० हजार ऋण लिई ब्यबसाय शुरु गर्नु भएकोमा १२ जनाको परिवारहरुलाई रोजगारी दिन सफल भएको श्रेष्ठले वताउनु भयो । कार्यक्रममा सहयोगी रोजगार दाता सेवा केन्द्रका प्रमुख जुना केसी, मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप केसी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सम्मानित हुने उद्यमी शेयर सदस्यहरुमा दिपा श्रेष्ठ, ब्युटीपार्लर, सुनमाया बल अमिस्रो कुचा,े गोमादेवी बन्जारा भैसीपालन, दुर्गा परियार लामाटोपी उत्पादन, टिकारानी माया वाईवा काठको ¥याक÷कुचो र सुजना तिमल्सिना नर्सरी ब्यबसाय गर्दै आएको जनाएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सनिल सुन्दर सैजुले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष रोशन कुमार श्रेष्ठले गर्नु भएको थियो ।