धुलिखेल/बाग्मती प्रदेश, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भ्रष्टाचार सामान्य परिचय र भ्रष्टाचार निवारण सम्वन्धी प्रदेश रणनीति को कार्यान्वयन सम्वन्धी प्रदेश कार्ययोजनाका बारेमा अन्र्तक्रिया गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बाग्मती प्रदेशका सचिव लक्ष्मीप्रसाद गौतमले रणनीति कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भ्रष्टाचारका मुल रुपहरु, कारण, भ्रष्टाचारको सुचकांकमा नेपालको अवस्था, रणनीतिको लक्ष्य र उदेश्यका बारेमा जानकारी गराईएको थियो । समन्वय समिति प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्षहरु गुमानध्वज कुँवर, कृष्णबहादुर खुलाल, दिनानाथ गौतम, कार्यालय प्रमुखहरु, प्रमुख प्रशासकिय प्रमुखहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।





