धुलिखेल/माघ १ गते साँझको समयमा पनौतीबाट बनेपा आउँदै गरेको प्रदेश नम्वर ३–०२–००१ प ०४७७ नम्वरको मोटरसाईकलले पनौथी नगरपालिका ५ स्थित ढलमलेमा पैदल हिडिरहेका सोहि ठेगाना घर भएका रामहरी देउजालाई ठक्कर दिँदा उपचारको क्रममा निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी प्रवक्ता दिपक गिरीका अनुसार ५० वर्षिय रामहरी देउजालाई रोशी गाउँपालिका वडा नम्वर १० घर भएका जगतमान थिङ्गले चलाएको मोटरसाईकलले ठक्कर दिएको थियो । तत्काल उपचारका लागि बनेपा स्थित शिरमेमोरियल अस्पताल पठाई पनि उपचार हुन नसके पछि भक्तपुरको नागरिक अस्पतालमा रिफर गरिएको थियो । देउजाको उपचारका क्रममा माघ १ गते राति नै निधन भएको डिएस्पी गिरीले बताउनु भयो । मोटरसाईकल चालक र मोटरसाईकल नियन्त्रणमा लिई कानुनी कारवाही शुरु गरिएको बताईएको छ ।





