बुडोल/धुलिखेल–रविओपी–नगरकोट सडकको स्तरोन्नती कार्यको शिल्यान्यास प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले एक कार्यक्रमका वीच गर्नु भएको छ ।
स्तरोन्नती प्रथम चरणको कार्य बनेपा नगरपालिका वडा नम्बर ६ को कुईकेल मार्ग देखी गोसाँईस्थान सम्मको ९ सय मिटरमा ड्रेन, वाल र ७ मिटर चौडाको कालोपत्रे गरीन लागेको कार्यक्रमका सभापति तथा ६ नम्बर वडा अध्यक्ष सचितानन्द केसीले बताउनु भयो । प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त सडकको स्तरोन्ती गर्न लागिएको प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले बताउनु भयो । हुमागाईले विकासका कामहरु तिब्र गतिले अगाडी बढेकाले परिणाम आउन लागेको बताउनु भयो । हुमागाईले उक्त मार्गलाई नगरकोट सम्म कालोपत्रे गर्ने योजना राखिएको र पर्यटकहरुलाई बनेपा धुलिखेल र नगरकोट सिधा सडक मार्ग पर्ने पर्यटनलाई समेत फाईदा पुग्ने बताउनु भयो । प्रदेश सरकारले काभ्रेमा विकासका कामलाई विशेष प्राथमिकतामा राखेकाले ठुला–ठुला आयोजना समेत आगामी आर्थिक बर्षबाट शुरु गर्न लागेको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेले तिन वटै सरकार मिलि बनेपा नगरको विकासमा लागेको बताउनु भयो । सुखी बनेपाली समृद्ध बनेपा बनाउन सबै नगरवासीहरुको समेत साथ सहयोग चाहिने वताउनु भयो । विकासका कामहरुलाई समेत वर्गिकरण गरी नगरपालिका प्रदेश र सघंले गर्ने योजनाहरु छुट्टाई अगाडि बढेको वादेले बताउनु भयो । बनेपा नगरपालिका भित्र प्रमुख समस्याका रुपमा रहेको खानेपानीको काम ९९ प्रतिशत सम्पन्न भैईसकेको, करिडोरको काम शुरु भएको, सागाँ, भैसेपाटी जनागाल बृहत खानेपानिको काम शुरु भएको, भैसेपाटी बाँसडोल जाने मुख्य सडक कालोपत्रे शुरु गरिएको, फोहोर मैला ब्यवस्थापन मार्ग सडक स्तरोन्ती कार्य अगाडी बढेको बताउनु भयो । त्यसै गरी कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले नगरका विकासका कामहरु तिब्र गतिले अगाडी बढेको बताउनु भयो । विकास भनेको भौतिक मात्र नभई समाज परिवर्तन पनि विकास हो भन्ने सम्झनु पर्ने उपप्रमुख सापकोटाले बताउनु भयो ।
नगरपालिकाले किशोरीहरुको लागी जीवन उपयोगी शिक्षा, कृषकहरुलाई समय अनुसारको कृषि तालिम, विउ विजन वितरण, गोठ सुधार, युवा लक्षीत कार्यक्रम, स्वास्थ्य शिबिर, जष्ेठ नागरिक सम्मान, खेलकुद, मेयर कप, सचेतना कार्यक्रम लगाएतका कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको वताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्वर १० का अध्यक्ष चन्द्रबहादुर खड्का, समाजसेवी रामप्रसाद अधिकारी लगायतले शुमकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उक्त योजना २ करोड ८३ लाख ४९ हजार लागतमा आगामी २०७७ जेठ मसान्तसम्ममा सक्नुपर्ने वताईएको छ । कार्यक्रम बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।





