बनेपा/नेपाली कांग्रेस काभ्रेले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबार काठमाडौलाई जिल्ला प्रशासन कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकलाई मार्फत विरोध पत्र मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
केन्द्रिय सदस्य गुरुराज घिमीरेको उपस्थितीमा जिल्ला सभापति मधु आचार्यद्वारा हस्ताक्षर गरिएको विरोध पत्र सचिव दिनेश लामाले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना समक्ष बाचन गरेर हस्तान्तरण गरिएको थियो । विरोधपत्र बुझाउन जानु अघि नेपाली कांग्रेसले धुलिखेलको सरस्वती बजार देखि जिल्ला प्रशासन कार्यालयसम्म प्रर्दशन गरेको थियो भने विरोध पत्र बुझाए पछि कोण सभा गरेको थियो । संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूचना तथा प्रविधि विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन गर्न लागेको विषय प्रति नेपाली कांग्रेसले देशभर विरोध पत्र बुझाएको थियो । सोहि क्रममा काभ्रेमा विरोध पत्र बुझाईएको सचिव दिनेश लामाले बताउनु भयो ।





