2026 April 22/ 03:56: 03am

बनेपा/नःलि साहित्य दबू, काठमाडौंले आफ्नो मातृभाषा, साहित्य र जाति विकासका लागि योगदान पु¥याएका जिल्लाका विविध विधाका नेपाल भाषा साहित्यका विशिष्ट प्रतिभाहरु सममानित हुनु भएको छ । 
सम्मानित हुनेहरुमा साहित्यकार मोहन दुवाल, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, उपन्यासकार भूषण भोंमि श्रेष्ठ, कवि पंकज चित्रकार र पत्रकार रमा कर्णजीत हुनु भएको छ । च्वसापासाका अध्यक्ष तथा वरिष्ठ साहित्यकार भूषणप्रसाद श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले नःलिको कार्यक्रममा प्रतिभाहरुको सम्मान गर्न पाउनुे अहोभाग्य भन्दै प्रतिभाहरुको प्रशंसा गर्नु भएको थियो ।     जनमत मासिक, काभ्रे बहुमुखी क्याम्पस र नेवाः सचेतना दबूको संयोजनमा भएको नःलि साहित्य दबूको कार्यक्रममा संस्कृतिविद् ज्ञानकाजी मानन्धर, साहित्यकार मोहन दुवाल, साहित्यकारहरु विजयराम कर्मचार्य, सूर्यप्रसाद लाकोजू र समाजसेवक रामराजा धौभडेलले आ–आफ्नो विचार ब्यक्त गर्नुभएको थियो । प्रदीपरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषिक तथा साहित्यिक कार्यक्रममा नःलिको साहित्यिक अभियानबारे सल्लाहकार नरेशवीर शाक्यले जानकारी गराउनु भएको थियो । कार्यक्रममा अनुप सिं सुवाल, किरण साय्मि, तुयुकाजी ताम्राकार, तेजकृष्ण श्रेष्ठ, दियेशरत्न शाक्य, ध्रुवकृष्ण ताम्राकार, पुष्परत्न ‘स्वीटहर्ट’, प्रदीपरत्न शाक्य, बद्री वेदना, भूषणप्रसाद श्रेष्ठ, रत्न मन, रमा कर्णजीत, राजु साय्मि, विजयरत्न ‘असंबरे’, विमल ताम्राकार, सूर्यप्रसाद लाकोजू, सोमकाजी शाक्य, हरिशङ्कर मानन्धर, हर्षनारायण कर्माचार्य समेत गरी उपत्यका र काभ्रेका १९ जना कविहरुले नेपाल भाषामा कविता वाचन गर्नुभएको थियो ।