2026 April 22/ 03:56: 30am

    धुलिखेल/प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकको आयेजनामा पनौतीमा रहेको नमस्ते सामुदायिक होमस्टेका संचालकहरुलाई आलुका परिकार बनाउने तालिम दिईएको छ । 
    नमस्ते होमस्टे पनौतीकी अध्यक्ष संगिता श्रेष्ठका अनुसार तालिममा आलुबाट बनाउन सकिने २० प्रकारका खानाहरुका बारेमा जानकारी गराईएको थियो । पनौती आलु उत्पादनमा अग्रणी क्षेत्र हो । उत्पादित आलुलाई होमस्टे मार्फत प्रयोगमा ल्याउन र थोरै आलुबाट धेरै आय आर्जन गर्न सक्ने गरी सुपरजोन कार्यक्रम मार्फत होमस्टे संचालकहरुलाई तालिम प्रदान गरिएको हो । तालिममा पनौतीको आलु मार्फत कन्ट्रि फ्राई, चुकाउने पोटाटो पोटाटो कुर्केट, आलु चिल्ली, आलु चिज, आलु मेथी, आलु चप, आलु स्टिक, आलु मम, आलु चार्ट, आलु तातो र पिरो सुप, होम मेड पोटेटो लगायतका परिकारहरु बनाउन सिकाईएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । 
    पनौतीमा रहेको नमस्ते होम स्टेले आफ्ना संचालकहरुलाई पाहुनाहरुसँग गरिने सत्कार, होमस्टे संचालनका बारेमा लगायत पर्यटन वर्ष केन्द्रित कार्यक्रमहरु गर्न समय समयमा तालिम प्रदान गर्दै आएको छ । जिल्लामा आलु सुपरजोन कार्यक्रम मार्फत आलुका विभिन्न परिकारहरु बनाउन सिकाईएको छ । आलुका परिकार उत्पादनका लागि उद्योगहरु स्थापना गर्ने काम पनि शुरु भएको छ ।