2026 April 22/ 03:56: 31am

उपेन्द्र अधिकारी
भकुण्डे, नमोबुद्ध

    नमोबुद्ध उद्योग बाणिज्य संघको आयोजनामा आज माघ ९ देखि १९ गतेसम्म नमोबुद्ध नगरपालिका वडा नम्वर ४ भकुण्डेमा ब्यापारी, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, ब्यापार मेला एवं नगर भित्रका छिमेकी माध्यमिक विद्यालय स्तरीय समूह र एकल नृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।
    विहिबार आयोजित पत्रकार सम्मेलनमा नमोबुद्ध उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव म्ुल आयोजक समितिका अध्यक्ष बसुनारायण श्रेष्ठले नेपाल भ्रमण वर्ष प्रचार प्रसार गर्ने उदेश्य समेत राखेर दोश्रो पटक महोत्सवको आयोजना गरिएको बताउनु भयो । नमोबुद्ध नगर भित्र मानिने धर्म संस्कृति, रितिरिवाज, कलासंस्कृति एवं उत्पादित बस्तुहरुको प्रचार प्रसार एवं जगेर्ना गर्ने र स्थानीय ब्यापार ब्यवसायमा टेवा पु¥याउने उदेश्यले महोत्सव मेला गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । महोत्सव मेलामा १ सय स्टल रहने छन् । कृषि उत्पादन विक्री वितरणका लागि निःशुल्क स्टलको ब्यवस्थापन गरिनेछ । कृषकहरुले उत्पादन गरेका आलु, गोलभेडा, सागपात, गुन्द्रक तथा घरेलु उत्पादनहरुको विक्रीमा सहजीकरण गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो । नेपाल सरकारले तोकेका सहुलियत विद्यार्थी, जेष्ठ नागरिक, अपाङ्ग तथा सिमान्तकृत समुदायका ब्यक्तिहरुका लागि सहुलियत प्रदान गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो । 
    स्टलहरुमा लत्ताकपडा, विभिन्न कम्पनी तथा संघसंस्थाका स्टलहरु, स्वास्थ्य शिविरका स्टल, खानेकुरा, लत्ताकपडा, दैनिक अत्यावश्यकिय सामाग्रीहरु समावेश हुनेछन् भने मनोरञ्जनका लागि खेलकुद, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । १ लाख ५० हजार दर्शकहरु सहभागि गराउने उदेश्यले आयोजना गरिएको महोत्सव मेलामा काभ्रे, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट सहभागिता जनाउनेछन् । महोत्सव मेला सम्पन्न गर्न कमला उप्रेती श्रेष्ठको अध्यक्षतामा आर्थिक उपसमिति, श्यामगोपाल श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार र अतिथी सत्कार, कृष्णप्रसाद तिमल्सिनाको संयोजकत्वमा खाना तथा आवास र स्वास्थ्य, बोजकुमार श्रेष्ठको संयोजकत्वमा स्वंयसेवक, किशोर तिमल्सिनाको संयोजकत्वमा झाँकी ब्यवस्थापन, शिवनाथ चिमौरियाको संयोजकत्वमा नृत्य प्रतियोगिता, नारायण श्रेष्ठको संयोजकत्वमा सरसफाई उपसमिति गठन गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । महोत्सव मेलाको ब्यवस्थापन जेडी इन्टरप्राईजेज काठमाडौ र ममता केन्द्र नेपालले गरेको छ । पत्रकार सम्मेलनमा संघका सह सचिव श्रीहरी अधिकारी लगायतले महोत्सव मेलाको महत्व र आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियो ।