2026 April 22/ 02:14: 24am

होम चौंलागाँईं/मण्डनदेउपुर

चण्डेनी रेडक्रसको ७ औं वार्षिक साधारण सभा

मण्डनदेउपुर नगरपालिका स्थित वडा नं. १०, मा रहेको नेपाल रेडक्रस सोसाइटी चण्डेनी मण्डनको ७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
साधारण सभा रेडक्रस काभ्रेका सभापति रघुबर चौप्रधानको प्रमुख आतिथ्यता तथा मन्त्रि उद्धव प्रसाद पौडेल, कोषाध्यक्ष प्रदिप के.सी.को विशेष आतिथ्यतामा चण्डेनी आँपघारी स्थित आमा समूहको सभा हलमा सम्पन्न भएको हो । 
नेपाल रेडक्रस सोसाइटी उप शाखा चण्डेनी मण्डनका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको साधारण सभा शाखाका सभापति गणेश प्रसाद नेपालको सभापतित्वमा सम्पन्न भएको थियो । सभाले शाखाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनको साथै आगामी वर्षको कार्यक्रमहरु समेत पारित गरेको थियो । 

प्रतिभा साकोसको २३ औं साधारण सभा सम्पन्न

मण्डनदेउपुर नगरपालिका वडा नं. ८ स्थित श्री प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभा संस्थाको प्राङ्गण धाइटारमा गत शनिबार सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष हरि प्रसाद पौडेलको सभापतित्वमा र ८ नं. वडाका वडाध्यक्ष झलक प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु सहित संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनहरु प्रस्तुत भएका थिए । 
साधारण सभाले संस्थाका उत्कृष्ट शेयर कारोबारी, उत्कृष्ट बचत कारोबारी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कर्जा कारोबारी लगायत विभिन्न विधाका एक जना महिला तथा एकजना पुरुष सदस्यलाई यस वर्षको उत्कृष्ट सदस्य पुरस्कारबट सम्मान गरेको थियो । सम्मानकै क्रममा साधारण सभा मार्फत सहकारी कर्मी सदस्य भन्दै सहकारी अभियान्ता डिपक प्रसाद पौडेललाई समेत सम्मान गरेको थियो । 

नौबिसे कृषि सहकारीको साधारण सभा

मण्डनदेउपुर नगरपालिका वडा नं. ७ स्थित श्री नौबिसे कृषि सहकारी संस्था लि. को ८ औं वार्षिक साधारण सम्पन्न भएको छ । 
गत शनिबार संस्थाका अध्यक्ष शम्भु प्रसाद पराजुलीको सभापतित्वमा र ७ नं. वडाका वडाध्यक्ष नारायण प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु सहित संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका प्रतिवेदनहरु प्रस्तुत भएका थिए । प्रत्यक्ष रुपमा किसानहरुका लागि काम गर्दै आएको संस्था भएकोले कार्यक्रम मार्फत संस्थाले बिगतमा गरेका कार्यक्रमहरुको बारेमा उल्लेख्य रुपमा चर्चा समेत भएको थयो । आगामी आ.व.को कार्ययोजना सर्वसम्मत पास गर्दै संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका सचिव शिवराम तिमल्सिनाले बताए । 

संकल्पको प्रतियोगितात्मक बाल भेला 

श्री संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था लि. कुन्तावेसीले वर्षभरी संचालन गर्ने विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरु मध्येको बाल भेला कार्यक्रम संचालन गरेको छ । 
शनिबार संस्थाका अध्यक्ष बद्रि प्रसाद सपकोटकोे सभापतित्वमा र वडाध्यक्ष नारायण प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु सहित संस्थाका शेयर सदस्यहरु र २ सय ५० भन्दा वढी बाल सदस्यहरुको उपस्थिति रहेको थियो ।
खेलकुद र वौद्धिक विधा गरी कार्यक्रमलाई दुई विधामा वर्गिकरण गरी संचालन भएको बाल भेला कार्यक्रममा खेलकुद अन्तर्गत घैंटो फुटाई, बेलुन फुटाई र म्यूजिकल चेयर रेस गेम संचालन भएको थियो भने वौद्धिक विधा अन्तर्गत कथा, कविता र निवन्ध लेखन तथा वाचन प्रतियोगिताहरु सम्पन्न भएका थिए । 
त्यसरी रचनात्मक ढ्रगले चलेको कार्यक्रममा दुवै विधाका उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने बाल सदस्य नानी÷बाबुहरुलाई पुरस्कार तथा प्रमाण–पत्रद्वारा सम्मान प्रदान गरिएको थियो । आगामी कार्यक्रमहरुमा थप सहभागितालाई मध्यनजर गर्ने उद्देश्यले कार्यक्रमका केहि सहभागी बाल सदस्यहरुलाई सान्त्वना पुरस्कार समेत प्रदान गरिएको संस्थाका सचिव गणेश प्रसाद नेपालले बताए ।