बनेपा/बनेपा नगरपालिका महिला तथा बालबालिका जेष्ठ नागरिक शाखाको आयोजनामा किशोरीहरुका लागी जीवन उपयोगी सिप सम्बन्धि आयोजना गरिएको तिन दिने तालिम सम्पन्न भएको छ ।
तालिमको समापन बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको थियो । सापकोटाले जीवनको शुरुवाती किशोर अबस्थाबाट हुने भएकाले जीवनलाई कुन बाटोमा हिडाउँने भन्ने महत्वपुर्ण उमेर भएको बताउनु भयो । किशोर उमेरमा उपयोगी शिक्षा दिन सकिएन भने जीवन अर्कै बाटोमा जाने उपप्रमुख दाहालले बताउनु भयो । किशोरीहरुले आफुले यो उमेर समुहमा हुने आफ्नै शारिरिक परिर्वतन देखी शिक्षा स्वास्थ्य लागयतका विषयमा ध्यान दिनुपर्ने उपप्रमुख दाहालले बताउनु भयो । दाहालले विकास भनेको आधारभुत मात्र नभई समाजलाई परिर्वतन गर्नु पनि भएकाले नगरपालिका भित्र समाजमा रहेका दलित, आदिबासी, महिला, युवा, किशोरी, युवाहरुलाई तालिम प्रदान गरी रोजगारउन्मुख गराउन लागीरहेको बताउनु भयो । नगरपालिका र सबै मिली विकासका कामहरुमा लाग्नु पर्ने बताउँदै उहाँले नगरका प्रत्येक टोल, वडा र नगरस्तरीय किशोरी समुह गठन गरी किशोरीहरुलाई तालिम प्रदान गरी उनिहरुका समस्याका बारेमा र समाजमा बढिरहेको घरेलु योन हिंसा, आत्महत्या जस्ता कुराहरुमा न्युनिकरण गर्न लागेको बताउनु भयो । किशोरी समुह गठन नगरकै पहिलो भएकाले सबै वडामा चाँडै गठन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौड्याल, कार्यपालिका सदस्य उमा बैध, वडा सदस्य ज्ञानु मिजार लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । तालिममा महिला शाखा प्रमुख विजया सुवेदी र निर्मला कार्कीले प्रशिक्षण दिनु भएको थियो । तालिममा १० देखी १९ वर्ष समुहका किशोरीहरुलाई जीवन उपयोगी तालिम प्रदान गरिएको थियो । किशोरी उमेर अवस्थामा आई पर्ने समस्या, शारिरीक परिवर्तन, घरेलु यौन दुब्र्यहार, प्रजनन स्वास्थ्य, तनाबबाट कसरी मुक्त हुने, महिनावारी हुँदा के–के गर्ने, ईन्टरनेटलाई कसरी सुरक्षित तरिकाले चलाउने, बाल विबाह, साथीहरुको संगत, लगायतका विषयहरु तालिममा प्रदान गरिएको महिला शाखा प्रमुख विजया सुवेदीले बताउनु भयो । कार्यक्रममा किशोरीहरुले तालिममा उठाएका जिज्ञासाका बारेमा महिला शाखाकी निर्मला काफ्लले वताउनु भएको थियो । तालिम पश्चात सिर्जना किशोरी जागरण समुह गठन गरिएको छ ।
समहुको अध्यक्ष सुजाता पँहेलि, उपाध्यक्ष सम्झना तोलाङ्गे सचिब अमृता तोलाङ्गे, कोषाध्यक्ष अन्जली तोलाङ्गे र सदस्यहरुमा सरिता तोलाङ्गे, एलिशा तोलाङ्गे, नम्रता तोलाङ्गे, रश्मि तोलाङ्गे, मोनिका तोलाङ्गे, एलिना तोलाङ्गे, समिना तोलाङ्गे, सर्मिला तोलाङ्गे,रोशनी तोलाङ्गे, रुथ तोलाङ्गे, रोशनी तोलाङ्गे, रेश्मा तोलाङ्गे, कुशुम तोलाङ्गे, सन्जिता तोलाङ्गे, आशा थापा, सुस्मिता थापा, सदिक्षा कारंजित, सुदिक्षा कारंजित, सिवानी थापा रहेका छन् ।
तालिमको अध्यक्षता बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले गर्नु भएको थियो । अधिकारीले वडाले विकासका काम सगै विभिन्न स्वास्थ्य शिबिर, कृषि कार्यक्रम, पशु शिबिर, खेलकुद लगाएतका कार्यक्रमहरु गर्दे आएको वताउनु भयो । वडामा स्वास्थ्य संस्था नरहेकाले चाडै नै स्वास्थ्य क्लिनीक स्थापना गर्ने बताउनु भयो । राज्यले दिने निशुल्क औषधी समेत किनेर खानु पर्ने बाध्यता भएकाले केहि समयमा नै स्वास्थ्य क्लिनिक राख्न लागिएको उहाँले बताउनु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ५ का सदस्य सागर मानन्धर, राजकुमार भालु स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।





