उद्धब अधिकारी
पाँचखाल
स्वेच्छा बचत तथा ऋण सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाँचखाल–४ काभ्रेको नवौ वार्षिक साधारण सभाबाट ओेमकार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा राम कुमार बोहोरा, सचिब सुन्दर तामाङ, कोषाध्यक्ष सुनिल सापकोटा रहेका छन् भने सदस्यहरुमा निराजन लाल श्रेष्ठ, गणेश दनुवार, सुरेश दनुवार, मुना दनुवार, रजनी श्रेष्ठ, रीता श्रेष्ठ र राजु श्रेष्ठ रहेका छन् । त्यसैगरी साकोसको लेखा तथा सुपरिवेक्षण समितिको संयोजक सुरेश श्रेष्ठ सदस्यमा पिनक श्रेष्ठ र शिबकृष्ण श्रेष्ठ रहेका छन् । संस्थाको उद्घाटन काभ्रे पलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष रामहरी केसीले गर्नु भएको थियो । केसीले सहकारीहरुले कुशल ब्यबस्थापन र सदस्य हितको लागी काम गरेमा संस्था सफल हुने बताउनु भयो । सहकारी साहुकारी नवनी कन जुन उदेश्यमा सञ्चालन गर्न खोजिएको हो सोहि अबस्थामा सञ्चालन गरी सहकारी ऐन अनुसार सञ्चालन हुनुपर्ने बताउनु भयो । सहकारी–सहकारी विच अस्वस्थ प्रतिस्पर्धा नगरी स्वस्थ्य ब्यबसायीक नियम अनुसार सहकार्य गर्दे अगाडी बढेमा सहकारी मात्र नभई सदस्य समेत सफल हुने केसीले बताउनु भयो । जिल्लामा दुई चार वटा सहकारीले गर्दा सिङ्गो सहकारीलाई मुच्न नहुने भन्दै त्यस्ता सहकारीहरुलाई राज्यले कानुन अनुसार कार्वाहि गर्नु पर्ने र जिल्ला सघंले समेत राज्यलाई सघाउने बताउनु भयो । राज्यले सहकारीकोे ऐन परिर्वतन गरी लगानी मैत्रि कानुन ल्याएमा सहकारी सहकारी मिली नयाँ क्षेत्रमा समेत लगानी गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा आर्थिक विकास साकोसका कोषाध्यक्ष राजन कार्की, पाचँखाल नगरपालिका सहकारी समन्वय समितिका संयोजक विद्यालक्ष्मी देउजा लगायतका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिव सुनिल सापकोटा र आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामकुमार बोहोराले सभामा पेश गर्नु भएको थियो । संस्थाको कुल शेयर पूँजी ७९ लाख ५६ हजार, बचत संकलन २६ करोड २ लाख, ऋण लगानी ६३ करोड ३४ लाख रहेको छ । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ सदस्य, बाल बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राजन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।





