2026 April 22/ 02:15: 15am

शिव बन्जारा/कुशादेवी पनौती नगरपालिका वडा नम्बर २ तत्कालिन कुशादेवी गाविका वडा नम्बर ८ को ठाँडो गाउँमा अनौठो गुफा भेट्टिएको छ । स्थानिय सोनाम सिं तामाङका अनुसार गत चैत्र १५ गते उक्त स्थानमा ढुङ्गा निकाल्दै जादाँ गुफा देखिएको र गुफा भित्र शिवलिङ्ग आकारको शिला तथा गणेशको मूर्ति आकारको शिला भेट्टिएको तामाङले जनाकारी दिए । डाँडाका ढुङ्गा निकाल्दै जाने क्रममा करिब २५÷३० फिट ढुङ्गा निकाल्दा उक्त गुफा र गणेशको मुर्ति भेट्टिएको बताउँछन् । स्थानीयहरुले बनझाँक्रीको देवता भनेर पुजा गर्दे आएकाले ढुङ्गा खन्न समेत रोकिएकोले अब उक्त स्थानमा मन्दिर निर्माण गर्ने तामाङले बताए । अहिले उक्त स्थानमा दि दिनै दर्शनार्थीहरुको भिड समेत बढदै गएको बताएको छ ।