2026 April 22/ 02:15: 05am

कोशिदेखा/आयाम बचत तथा ऋण सहकारी संस्थाले कोशिदेखा–१३, ठाँटीको श्रीराम उच्च माध्यमिक विद्यालयमा एकदिने निःशुुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पाँचखाल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर र आयाम साकोस विच भएको एक सम्झौता अनुरुप पोलिक्लिनिकको निःशुल्क स्वास्थ्य सेवा तथा साकोसको ब्यवस्थापनमा शिविर सम्पन्न भएको हो । 
कोशिदेखा क्षेत्रमा रहेका शेयर सदस्यहरु र अन्य गैह्र शेयर सदस्यहरुलाई समेत स्वास्थ्य सुविधा उपलब्ध गराइएको थियो । कोशिदेखा–१३ का वडा अध्यक्ष सुकुविर तामाङ्गको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो । तामाङले सामाजिक उत्तरदायित्व निर्वाह गर्नै शिलशिलमा आयाम साकोसको यस कदमलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँले आगामी दिनहरुमा पनि सेवामुलक तथा सदस्य केन्द्रित कार्यक्रम ल्याउनुहुन अनुरोध समेत गर्नुभएको थियो । संस्थाको सदस्यता ग्रहण गर्दै अध्यक्ष तामाङ्गले आयाम साकोसलाई सफलताको शुभकामना ब्यक्त गटर्नुभएको थियो । निशुल्क स्वास्थ्य शिविरमा १ सय ९३ जना विरामीहरुले स्वास्थ्य जाँच गराएका थिए । सामान्य चिकित्सा, फिजियो थेरापी तथा दन्त सेवा प्रदान गरिएको शिविरमा निशुल्क स्वास्थ्य सेवा सँगसँगै आवश्यकता अनुसारको निशुल्क औषधी समेत वितरण गरिएको थियो । आयाम साकोस र पाँचखाल पोेलिक्लिनिक विच भएको सम्झौता अनुसार साकोसको सदस्यता लिनुभएका शेयर सदस्यहरुलाई सामान्य समयमा पनि औषधीमा १०%, दन्त सेवामा २०%, ल्याब परिक्षण सेवामा २०%, एक्स–रे तथा फिजियो थेरापी सेवामा २०% साथै होलबडी चेकअपमा २०% छुटको ब्यवस्था गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजमान तामाङ्ग, संस्थाका उपाध्यक्ष श्याम थापा कोषाध्यक्ष सुनिल चौलागाँई, लेखा समिति संयोजक विनोद बजगाँई लगायतका उपस्थिति रहेको थियो । 
कार्यक्रममा संस्थाका प्रबन्धक सविना पन्तले संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत शिविरको आयोजना गरिएको बताउनु भयो । संस्थाले सदस्य लक्षित कार्यहरु गर्दे आएकाले समय समयमा अन्य सामाजिक कार्यहरु गर्दे जाने समेत पन्तले बताउनु भयो ।