धुलिखेल/धुलिखेल बहुदेश्यीय सहकारी संस्था लि.को १२ औं साधारणसभा तथा ५ आंै अधिबेशनबाट पुनः विश्व विजय चित्रकार अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
समितिको उपाध्यक्षमा सञ्जीव श्रेष्ठ, सचिव पुजन श्रेष्ठ, कोषाध्यक्ष रोजना श्रेष्ठ, सदस्यहरुमा राजेश भुखजु, किशोर मानन्धर र रामकृष्ण मानन्धर रहेका छन् । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितीको संयोजक आशिष कोजू, सदस्यमा प्रदिप माकजु र सन्तोष श्रेष्ठ रहेका छन् । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव रामकुमार तखाछेंले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष पुजन श्रेष्ठले सभामा पेश गरेका थिए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७५÷०७६ को कुल कारोबार २ करोड २ लाख १६ हजार रहेको जानकारी दिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विश्व विजय चित्रकारको सभापतित्वमा सम्पन्न भएको थियो ।





