उद्धब प्रसाद अधिकारी/दोलालघाट
दुलालेश्वर वातावरणिय तथा सेवा क्लबको २५ औ वार्षिक साधारण सभा भुम्लु गाँउपालिका अध्यक्ष गुमानध्वज कुवंरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सभामा कुवंरले गाँउपालिका एक्लैलेले विकास गर्न सम्भव नभएकाले स्थानिय सघं सस्था, क्लब, सहकारी र जनताको सहयोग आवश्यक रहेको बताउनु भयो । क्लबले समाजमा धेरै काम गरेकाले गाँउपालिकाले सहयोग र हातेमालो गर्न तयार रहेको बताउनु भयो । गाँपालिकामा धेरै विकास गर्न बाँकि रहेकाले विकासका कामहरु तिब्र गतिमा अगाडी बढाएको बताउनु भयो । गाँउपालिका जति सघं सस्थाहरु रहेका छन् सबैलाई गाउँपालिकामा आवद्धता हुनु पर्ने, गाँउपालिकाको सघं सस्था ऐन अनुसार सञ्चालन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा भुम्लु गाँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, वडा नमबर १ का वडा अध्यक्ष खिर बहादुर श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष रमेश खरेल, ८ का वडा अध्यक्ष मोती लाल तामाङ, ९ का वडा अध्यक्ष दल वहादुर लामा, वडा नम्बर १२ का वडा अध्यक्ष गोविन्द पराजुली,क्लबका सल्लाहार राम कुमार शाह,विष्णु बहादुर श्रेष्ठ, अशोक चन्द्र झा, हाम्रो दोलालघाट राम्रो दोलाघाटका सचिब प्रेम वहादुर श्रेष्ठ, दोलालघाट प्रहरी चौकी ईन्चार्ज विमल ढुंगेल, स्ट्याण्र्डड साकोसका ब्यबस्थापक सुन्दर श्रेष्ठ,द्लालेश्वर साकोसका अध्यक्ष बलराम श्रेष्ठ, दोलालघाट साकोसका अध्यक्ष केशब बुढाथोकी जनजाती महिला समुहकी अध्यक्ष राम माया लामा लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा क्लबको वार्षिक प्रगतिबेदन सचिब विशााल श्रेष्ठ ले तथा आर्थिाक प्रतिबेदन सुन्दर श्रेष्ठ सभामा पेश गर्नु भएको थियो । क्लबको प्रगति विवरण तथा भावि योजना क्लबका अध्यक्ष अष्ट बहादुर श्रेष्ठले पेश गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष अष्ट बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।





