2026 April 22/ 12:32: 08am

क्याम्पसलाई गुणस्तरीय सु्निश्चितता प्रत्यापन
बनेपा/जिल्लाकै पहिलो काभ्रे बहुमुखी क्याम्पसको दोश्रो सभा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष लम्बोदर कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसले प्राप्त गरेको गुणस्तरीय सुनिश्चितता प्रत्यापनका बारेमा जानकारी गराईएको थियो । 
कार्यक्रममा बोल्दै नगर प्रमुख लक्ष्मीनरसिं बादेले क्याम्पसले प्राप्त गरेको गुणस्तरीय सुनिश्चितताको पाँच वर्षे प्रमाणपत्रलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । शिक्षाले मात्रै मुलुकको विकास सम्भव भएकाले काभ्रे क्याम्पसले जिल्लाकै नमुना क्याम्पसको रुपमा गुणस्तरीय प्रदान गर्नु पर्ने बताउनु भयो । खानेपानी, फोहोरमैला ब्यवस्थापन लगायतका क्षेत्रमा नगरपालिकाले कार्य गरिरहेकाले क्याम्पस र स्थानीय सरकार बीच रहेको विवाद समाधानका लागि पहल गर्न नगरपालिका तयार रहेको बताउनु भयो । ‘कुनै पनि संस्था वा ब्यक्तिले आफ्नो मात्रै अडान लिएको अवस्थामा समस्या समाधान हुदैन’–नगर प्रमुख बादेले भन्नुभयो–‘क्याम्पसको उन्नती र प्रगतिमा आफु सधै कृयाशिल रहेको बताउनु भयो ।’ 
कार्यक्रममा संस्कृतविद् ज्ञानकाजी मानन्धर, बरिष्ठ साहित्यकार मोहन दुवाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, शिक्षाविद् भोला केसी, रामशरण लुईटेल, पुर्व क्याम्पस प्रमुख  कमला कायश्थ, क्याम्पस प्रमुख केजी बयदार लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा क्याम्पसले प्राप्त गरेको गुणस्तरीयता सम्वन्धीको अनुमतिले हौसला प्रदान गरेको क्याम्पस प्रमुख बयदारले बताउनु भयो । सभामा चालु वर्ष र आगामी वर्षको कार्यक्रम, नीति तथा बजेट पास गरेको थियो ।