बनेपा/मानवीय मर्म र कर्ममा, अधिकारको प्रश्नमा र मानवीय चेतना सम्प्रेषण गर्ने अभियानमा निरन्तर लागिरहेका राष्ट्र, जिल्ला र बनेपा नगरका तीन जना मानव अधिकारकर्मीहरु क्रमशः प्रदीप पोखरेल, भोजराज तिमल्सिना र राजु सरकारलाई सम्मान गरिने भएको छ ।
प्रतिभा सम्मान प्रवन्ध गुठीको वार्षिकीमा उहाँहरुलाई सम्मान गरिने अध्यक्ष मोहन दुवालले जानकारी दिनु भयो । प्रत्येक वर्ष विविध विधामा सम्मान गर्ने परम्परा यस गुठीले चलाउँदै आएको धेरै वर्ष भएको छ । आगामी कार्यक्रम पौष १८ गते शुक्रबार चण्डेश्वरी उद्यानमा हुने छ ।





