बनेपा/बनेपा निवासी स्वास्थ्यकर्मी जितेन्द्रराज कायस्थले आफ्ना पिता स्व. वैद्य दीपकराज कायस्थको स्मृतिमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा पु¥याउनु हुने स्वास्थ्य सेवकहरुलाई सम्मान गर्ने गरी ‘जनमत–वैद्य दीपक कायस्थ स्वास्थ्य सम्मान’ थपिएको छ ।
जनमतको अक्षय कोषमा १ लाख ५० हजार रकम प्रदान गर्नु भएको छ । जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालका अनुसार जितेन्द्रराज कायस्थले उक्त सहयोग रकम उपलब्ध गराउनु भएको हो । सम्मान जनमतको ३६ औं वार्षिक दिवसमा एक जना सफल चिकित्सकलाई सम्मान गरिने छ । प्रत्येक वर्ष जनमतको वार्षिक दिवसमा उक्त सम्मान प्रदान गरिने छ ।





