2026 April 22/ 12:45: 52am

मण्डनदेउपुर न.पा.–१० स्थित श्री चण्डेनी मण्डन पशु विमा सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष १२ गते शनिबार काभ्रे प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा मण्डनदेउपुर नगरपालिकाका सहकारी प्रमुख नारायणप्रसाद लम्साल, वडाध्यक्ष विष्णुमणी नेपाल लगायत उल्लेख्य रुपमा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
संस्थाका अध्यक्ष बलराम नेपालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाको समग्र वार्षिक गतिविधि समेटिएका प्रतिवेदनहरु प्रस्तुत भई पाश भएका थिए । पशुहरुको क्षती वढ्रदै जान थालेपछि स्थानीय किसानहरु र पशु विमाका संचालकहरु समस्यामा पर्नु परेको कुरा शसक्त ढंगले उठेको साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि लम्सालले भवन निर्माणको लागि दश लाख रकम बिनियोजित गरिदिएको र अपुग भएका क्रमागत योजनामा पारी उक्त भवनको निर्माण सम्पन्न गराउने प्रतिवद्धता समेत प्रकट गरेका थिए । कार्यक्रममा संस्थमा पशु क्षतिको निवेदनमा वृद्धि हुँदै गएकोले नगरपालिका तथा वडा कार्यालयको तर्फबाट पनि पशुको क्षति र विमाको सन्दर्भमा सहयोग गरिदिए पशुपालन व्यवसायमा वृद्धि ल्याउन सहज हुने संस्थाका अध्यक्ष बलराम नेपालले बताएका थिए ।