2026 April 22/ 12:45: 51am

काभ्रेपलाञ्चोक जिल्ला प्याब्सन अन्र्तगत मण्डनदेउपुर नगरपालिकामा नगर प्याब्सन समिति गठन भएको छ । प्याब्सन काभ्रेका सदस्य तथा न्यु लिटिल स्टार ई. स्कुलका प्रिन्सिपल युगबहादुर पन्तको सभापतित्वमा भएको भेला प्याब्सन काभ्रेका अध्यक्ष पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा काभ्रे प्याब्सनका वरिष्ठ उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्ष महेन्द्र थिङ, सचिव सुजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष वशन्त नेपाल, पाँचखाल प्याब्सनका अध्यक्ष डि.बि. ऐडी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । 
न्यु लिटिल स्टार ई. स्कुल कुन्तावेसीका प्रिन्सिपल युगबहादुर पन्त, मण्डन भ्याली एकेडेमी कुन्ताका कमल श्रेष्ठ, उइज्डम कम्युनिटि स्कुल सिपाघाटका विनोद भट्टराई, नव प्रतिभा ईङ्गलिस स्कुल चण्डेनीमण्डनका होम प्रसाद चौंलागाँईं, ब्राइट भिजन ई. स्कुल सिपाघाटका देवकुमार राई, ज्याम्दी वोर्डिङ्ग स्कुलका बद्रि प्रसाद सापकोटा, केन्ट पब्लिक स्कुल नगरकोटका कमला राई, ज्ञान सरोबर एकेडेमी रानिटारका रबिन्द्र बुढाथोकी सहित नगरका ८ विद्यालयको सहभागीता रहेको उक्त भेलाबाट विनोद भट्टराईको अध्यक्षतामा सचिव बद्रि प्रसाद सापकोटा, कोषाध्यक्ष कमल श्रेष्ठ, सदस्यहरु कमला राई र देवकुमार राई रहेको ५ सदस्यीय नगर प्याब्सन कमिटि गठन भएको छ ।