कुन्ता/काभ्रेपलाञ्चोक जिल्ला प्याब्सनको क्लष्टरको रुपमा अघि वढ्दै आएको पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन (भिसो) को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विश्वकै ट्रेकिङ हबको रुपमा चिनिने खुम्बु क्षेत्र अन्र्तत सोलुखुम्बुको सल्लेरिमा भएको वार्षिक साधारण सभा प्याब्सन ३ नम्वर क्षेत्रीय सचिव राममणी सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्याब्सन काभ्रेका बरिष्ट उपाध्यक्ष सरोज न्यौपाने, उपाध्यक्ष महेन्द्र थिङ, पाँचखाल प्याब्सनका अध्यक्ष डि.बी ऐडी लगायत प्याब्सन काभ्रेका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको सभाको सभापतित्व भिसोका अध्यक्ष छविरवण पराजुलीले गरेका थिए ।
भिसोका सचिव विशाल घिमिरेले संचालन गरेको उक्त सभामा पाँचखाल स्थित गोल्डेन प्mयुचर मा.वि., पाँचखाल भ्याली, नव प्रतिभा मा.वि. पाँचखाल, नमस्ते ई. स्कुल, दिपशिखा ई.स्कुल लगायतका १० वटा विद्यालय, मण्डनेदउपुर नगरपालिका स्थित लिटिल स्टार ई. स्कुल, मण्डन भ्याली एकेडेमी, उइज्डम कम्युनिटी स्कुल, नव प्रतिभा ईं. स्कुल चण्डेनीमण्डन, ब्राइट भिजन ई. स्कुल सिपाघाट, ज्ञानसरोबार एकेडेमी लगायत ८ विद्यालय र भुम्लु गाउँपालिकाको १ विद्यालय गरी १९ ओटा विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
पौष ८ गतेदेखि १० गतेसम्म चलेकोे उक्त सभामा बदलिंदो समयानुसार संस्थागत विद्यालयहरुलाई सबैको अनुकरण योग्य बनाउने सन्दर्भमा धेरै विषय वस्तुहरुका केन्द्रित हुँदै छलफल भएको थियो । आगामी दिनहरुमा संस्थागत विद्यालयहरु थप प्रभावकारी बनाउनुपर्ने र संस्थागत विद्यालयलाई राज्यले फरक ढंगले सौतेनी व्यवहारका साथ हेर्न शुरु गरेकोमा त्यस प्रति ध्यानाकर्षण गरिनु पर्ने कुरा घनिभूत रुपमा उठेको संस्थाका सचिव विशाल घिमिरेले बताए ।





