2026 April 22/ 12:46: 34am

संकल्पमा स्वेकमा रक्तदान
होम चौंलागाँई/मण्डनदेउपुर
मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा रहेको संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था लि. ले आप्mनो स्थापनाको २० औं वार्षकोत्वसमा अवसर पारेर रक्तदान कार्यक्रम संचालन गरेको छ । 
पौष १० गते मण्डनदेउपुर पार्टी प्यालेशमा उक्त कार्यक्रमको आयोजना भएको थियोे । संस्थाका अध्यक्ष बद्रिप्रसाद सापकोटाको सभापतित्वमा गणेशप्रसाद नेपालले संचालन गरेको कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उप प्रमुख निर्मला शाही, नेपाल रेडक्रस सोसाइटी काभ्रेका अध्यक्ष रघुबर चौप्रधान, मन्त्री उद्धवप्रसाद पौडेल, डेडीथुम्का मा.वि. कुन्तावेसीका अध्यक्ष गणेश प्रसाद नेपाल, वडाध्यक्षहरु नारायणप्रसाद लम्साल, झलक प्रसाद पौडेल, जितबहादुर तामाङ, डिल्लीप्रसाद आचार्य, भुवन प्रसाद बजगाँई, नेत्र प्रसाद ढकाल, रानिटार दुग्ध उत्पादक सहकारीका अध्यक्ष रामचन्द्र श्रेष्ठ लगायत विभिन्न स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
कार्यक्रममा आजीवन शारिरीक अस्वस्थ भएका महादेवस्थानका व्यक्तित्व उदयनारायण सापकेटालाई सम्मना गर्नुको साथै उत्कृष्ट कर्मचारी पुरस्कारबाट संस्थाका ऋण सहायक कृष्ण कुमार श्रेष्ठलाई सम्मानित समेत गरिएको थियो । र्काक्रमबाट ७५ वर्ष उमेर पार गरेका वृद्ध सदस्यहरुलाई न्यानो कम्बल वितरण गरिएको थियो । २० औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट २७ जना व्यक्तिहरुले रक्तदान गरी मानवीय सेवामा सहयोग पु-याएका थिए ।