2026 April 22/ 12:45: 51am

काभ्रे/युवा नेतृ तथा काभ्रेकी चेली मञ्जु शाह ठकुरी नेपाल जेसीजको ४६ औं राष्ट्रिय महाधिबेशनबाट राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकी छिन् । 
ठकुरीले विभिन्न संघ संस्थामा रहि सामाजिक कार्य गर्दै अगाडि बढेकी छिन् । सन २०१३ मा नाल्दुम नगरकोट जेसीजको संस्थापक सदस्य, २०१६ मा उपाध्यक्ष, २०१७ मा कार्यकारीणी उपाध्यक्ष २०१९ को शाखा अध्यक्ष हुदै सन् २०२० मा राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएकी हुन् । त्यसैगरी ठकुरी भुम्लु गाउँपालिका वडा नम्बर १० की वडा सदस्य, मानबअधिकार भुम्लु गाउँपालिका अध्यक्ष, गाउँपालिका महासंघको केन्द्रिय सदस्य लगायत दर्जन संघ सस्थामा रहि सामाजिक कार्य गर्दै आएकी छिन् । ठकुरीले निर्वाचित पश्चात युवाको नेतृत्व भएकाले केन्द्र जेसीज र शखा जेसीजको पुल बन्ने बताईन् । जेसीजमा १८ देखी ४० वर्ष सम्मका युवाहरुलाई समेटी युवा नेतृत्व, आत्मविश्वास, ब्यवसायिकता, सामाजिक अभियानमा लाग्न अभिप्रेरित गर्ने बताईन् ।