बनेपा/बनेपा नगरपालिकाको आयोजनामा नगरका ५ सय ६५ जना कृषकहरुलाई विउ विजन वितरण गरेको छ ।
विउविजन वितरण कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेले विउ वितरण गर्दै नगरले कृषि, स्वास्थ्य, पशु र शिक्षा, सडक, खानेपानी लगायतका विकासका कामलाई तिब्रता दिएको बताउनु भयो । कृषकहरुलाई सानो सहयोगले पनि समय अनुसारको उन्नत जातको तरकारीका विउ वितरणले आयमा बृद्धि हुने विश्वास ब्यक्त गर्नु भयो । कृषकहरुलाई बजारीकरणका लागी नगरले प्रत्येक वडामा तरकारी संकलन केन्द्रको स्थापना अगाडि बढाएको र ४ वटा वडाको निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत वादेले बताउनु भयो । विउको सहि सदुपयोग गरी ब्यसाय गर्न, नगरपालिकाको समय समयमा कृषकहरुलाई वितरण हुने सुविधा हुने भएकाले वडामा सम्पर्क राख्न समेत बादेले आग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिका उप–प्रमुख रेखा सापकोटा दाहालले नगरको कृषि ऐन बनिसकेकाले सोही अनुसार कृषकहरुलाई तरकारीको विऊ वितरण, कृषि प्राविधिक सहयोग, भकारो सुधार, टनेल प्लाष्टीक वितरण, च्याउखेती, उन्नत जातका बाख्रा वितरण, पशुविमा लगायतका कार्यक्रमहरु रहेको बताउनु भयो । ५ वटा वडाका २५ वटा कृषक समुहका ५ सय ६५ जनालाई विउ तथा विजन वितरण गरिएको समेत दाहालले बताउनु भयो । पहिलो चरणमा फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजना हरिहर भवन काठमाडौंको समन्वयमा ३ वर्षे कार्यक्रम लागू भएको र आगामी आर्थिक बर्षमा नगरका १४ वटै वडामा समेट्ने समेत वताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसीले यो कार्यक्रममले कृषकहरुको आर्थिक आय स्तरमा समेत सहयो पुग्ने भएकाले सहि सदुपयोग गर्न आग्रह गर्नु भयो । युवा विदेशिएकाले खेत बारी समेत बाझै अबस्थामा रहेकाले नगरपालिकाले युवा लक्षित कार्यक्रममा जोड दिएको केसीले बताउनु भयो । आधुनिक, प्रविधि युक्त कृषिमा नगरपालिकाले जेटीए समेतको ब्यबस्था गरेकाले कृषकहरुका समस्या समधान हुने केसीले बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौड्याले कृषकहरुले पनि समय अनुसार खेती गर्न सकेमा राम्रो हुने बताउनु भयो । नगरले तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याउन लागेकाले उक्त संकलन केन्द्रको भरपुर सदुपयोग गरी उचित मुल्य लिन समेत अनुरोध गर्नु भएको थियो । कार्यक्रम बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको सभापतित्वमा सम्पन्न भएको थियो ।





