धुलिखेल/धुलिखेल नगरपालिकाको आयोजनामा सेभ द चिल्ड्रेनको संयोजनमा पहँुच परियोजना अन्र्तगत आयोजना गरिएको १२ हप्ते असल अभिभाबक कक्षा समापन भएको छ ।
समापन पछि असल अभिभावकहरुलाई प्रमाण पत्र वितरण तथा सम्मान धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो । अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई कस्तो संस्कार दिने, कस्तो पौष्टिक आहार खुवाउने, कस्तो शिक्षा दिने र कस्तो वातावरणमा हुर्काउन भन्ने विषयमा कक्षा दिईएको बताउनु भयो । तालिममा लिईएका कुराहरुलाई ब्यबहारमा उतारी आफ्ना बालबालिकाहरुलाई असल ब्यक्ति बनाउन सहयोग हुने विश्वास ब्यक्त गर्नुभयो । बाललबालिकाहरुको भावना बुझने, आवश्यक सहयोग गर्ने, प्रशंसा गर्ने, बालबालिकालाई प्रेम गर्ने,आफु उनिहरुको प्रतिभाको कदर गर्दे सम्मान गरेमा सहि बाटोमा लाग्ने छन् ब्यान्जुले वताउनु भयो । प्रविधिको बारेमा बुझाई वालकालिकाहरुलाई समय तालिका बनाई दिएमा उनिहरुले पढाई सगै प्रविधिको समेत उपयोग गर्ने छन, सेभ द चिल्ड्रेन कार्यक्रम संयोजक विश्वरत्न पुनले बताउनु भयो । बालबालिकाहरुले आफुले जस्तो ब्यबहार देखायो त्यस्तै सिक्ने भएकाले पहिला अभिभावक नै अनुशासित हुनु पर्ने पुनले बताउनु भयो ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक विष्णु धितालले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममका बारेमा धुलिखेल नगरपालिका सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले सन् २०१९ मा धुलिखेल नगरपालिकाको वडा नम्बर ८, ९ र ११ का दलित समुदायका ५ वर्ष मुनिका बालबालिका भएका ६० अभिभावकलाई असल अभिभवकको १२ हप्ते कक्षा सञ्चालन गरिएको, पहँुच परियोजना अन्र्तगत दलित समुदायमा पौष्टिक आहार सम्बन्धि सचेतना अभियान सञ्चालन गरिएको बताउनु भयो । आगामी बर्ष नगरका थप वडाहरुमा समेत उक्त कार्यक्रम लागु गरीने योजना रहेको समेत गौतमले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल सेभ द चिल्ड्रेनको अडिनेटर पुष्कर काफ्ले, गोपी नेपाली नाङशाल एशोसिएसन काभ्रेकी कार्यक्रम संयोजक विमला सापकोटा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जुको सभापतित्वमा सम्पन्न भएको थियो ।





