2026 April 22/ 01:59: 45am

साँगा/सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको छैठौ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष नन्दकुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको छ । 
महर्जनले संस्थाले शुरु गरेको गरिबमुखी कर्जा कार्यक्रमहरुमा सुधार गर्दे विपन्न वर्गलाई दिगो वित्तिय सेवा प्रदान गर्ने उदेश्य रहेको वताउनु भयो । नेपाल राष्ट्रबैकबाट (घ) वर्गमा बर्गीकृत लघुवित्त वित्तिय संस्थाले गरिव परिवारहरुको आयस्तर बृद्धि गर्न सहयोग पु¥याएको वताउनु भयो । संस्था देशका दुरदराजमा रहेका समुदायसम्म अनिवार्य रुपमा पहुँच पु¥याउने, कमजोर वर्गको सशक्तिकरण गर्ने न्यु वर्गको आर्थिक र सामाजिक स्तर बृद्धिमा सहयोग गर्ने उदेश्यका साथ संस्था अगाडि बढेको मर्हजनले बताउनु भयो । संस्थाको गतिविधि प्रमुख कार्यकारी अधिकृत डा. शिबहरी श्रेष्ठले सभामा पेश गर्नु भएको थियो । संस्था कम्पनी ऐन २०६३ अन्र्तगत पब्लिक लिमिटेड कम्पनिका रुपमा रहेको संस्थाको केन्द्रिय कार्यलय काभ्रेमा र १० वटा जिल्लामा  कार्यक्षेत्र, शाखा कार्यालय ३६, इकाई कार्यालय १९, केन्द्र सख्या २ हजार ५ सय ३५, कुल लगानी ९१ करोड २० लाख ६५ हजार, कुल पुँजी १ अर्व १ करोड ९६ लाख ८२ हजार, नाफा २ करोड ३० लाख ६० हजार रहेको वताउनु भयो । त्यसै गरी संस्थाले १० वटा जिल्लाबाट कार्य क्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्ती गर्ने, आन्तरीक श्रोत साधनको अधिकतम परिचालन गर्ने, परम्परागत कारोबार प्रणालीलाई प्रविधियुक्त हुने गरी रुपान्तरण गर्ने श्रेष्ठले वताउनु भयो । साधारण सभा बनेपा नरपालिकाको सागाँमा सम्पन्न भएको थियो ।