रेख बहादुर रखाल/महाभारत
नेपाल मगर संघ केन्द्रको आयोजनामा तीन दिने प्रशिक्षण कार्यक्रम महाभारत गाउँपालिकामा सम्पन्न भएको छ ।
प्रशिक्षण समापनको प्रमुख अतिथी मगर संघका केन्द्रिय अध्यक्ष नविन रोक्का मगरले गर्नु भएको थियो । मगरले आफ्नो वर्गको एकतालाई जोड दिँदै सबै मगरहरु संगठित हुनुपर्ने बताउनु भयो । कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सबै जातजाती एकै भएकाले आफ्नो आफ्नो भन्नु भन्दा सबै नेपाली एक हुनुपर्ने बताउनु भयो । गाँउपालिकाले कुनै पनि जात जाती धर्म र संस्कृतिलाई पक्षपात नगरी सबैलाई समान रुपले हेरेको बताउनु भयो । कार्यक्रममा मगर संघका केन्द्रिय उपाध्यक्ष गंगा मगर, प्रदेश नम्बर ५ का अध्यक्ष विमल सारु मगर, प्रदेश नम्बर ३ का सदस्य लेखराम सारु मगर, महाभारत गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश लुंगेली, ८ का वडा अध्यक्ष टंक आले लगायतले शुभकमाना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य नेपाल मगर संघका जिल्ला उपाध्यक्ष तेजकुमारी अस्तानीले गर्नु भएको थियो भने सञ्चालन महाभारत गाँउपालिका ईन्चार्ज गणेश तेजमालीलले गर्नुभएको थियो । कार्यक्रम महाभारत गाउँपालिका नेपाल मगर संघका अध्यक्ष हस्त बहादुर दर्लामीको सभापतित्व रहेको थियो ।





