2026 April 22/ 01:59: 44am

धुलिखेल/शिक्षा तथा मानब स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा स्थानीय तहका पधादिकारीहरुलाई साक्षर नेपाल वर्ष २०७६ अवधारणा सम्बन्धी अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ र शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेको समन्वयमा जिल्लााई साक्षर घोषण गर्नका लागी अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो । १३ वटा स्थानिय तह मध्ये ७ वटा घोषणा सम्पन्न भई सकेका र बाँकि स्थानीय तहलाई चाँडो सक्न आवश्यक तयारीका लागाी छलफल भएको थियो । वाँकी रहेका पाँचखाल नगरपालिका, नमेबुद्ध नगरपालिका, चौरीदेउराली गाउँपालिका, महाभारत गाँउपालिका, बेथान्चोक गाँउपालिका र रोशी गाँउपालिका रहेको जानकारी दिएका थिए । अन्र्तक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले माघ १० गते भित्र घोषणा गरि सक्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । अन्तक्रिया कार्यक्रममा पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपाने, उप प्रमुख गिता बञ्जारा, नमोबुद्ध नगरपालिका उप प्रमुख रामदेवी तामाङ, पाँचखाल नगरपालिका उप प्रमुख लक्ष्मी दनुवार बेथान्चोक गाँउपालिका उपाध्यक्ष सरिता लामिछाने, भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, शिक्षा तथा मानब स्रोत विकास केन्द्र सानोठिमीका निर्देशक ज्ञाननाथ गौतम, शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ३ का निर्देशक चन्द्रप्रसाद लुईटेल, शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेका प्रमुख गोकर्णध्वज कार्की, विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख, पत्रकार विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । अन्र्तक्रिया कार्यक्रमबाट आगामी माघ २० गते जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख उद्धब केसीले गर्नु भएको थियो ।