2026 April 22/ 02:01: 31am

बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संंस्था लिमिटेडको आयोजनामा एक्सेस ब्राण्डिङ्ग तेस्रो ब्याचको २६ औ कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला गोष्ठी बनेपामा सम्पन्न भएको छ । 
गोष्ठिको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघ लिमिटेडका निर्वतमान अध्यक्ष केवि उप्रतीले गर्नु भएको थियो । गोष्ठिमा उप्रेतिले ब्राण्ड पाउनु मात्र ठुलो नभई एक अर्को सहकारीमा भएका गतिविधी आदान प्रदान, सहकारीलाई अनुशासित, ब्यवसायीकरण, गुणस्तरीयता, सुनिश्चितता, वित्तिय विश्लेशण, संस्थागत पुजीं, सञ्चालनमा कुशलता प्रणालीको उपयोग, सिकाई र सिक्ने अवसर तथा सहकारी अभियानलाई सहज पुग्ने बताउनु भयो । ब्राण्ड सगै ब्यबस्थापन एक दमै राम्रो हुनुपर्ने, सिष्टम दक्षता ब्यबसायिकता राम्रो बनाउँदै सदस्यहरुलाई सहजता जोखिम आधारमा सुरक्षित कोष स्थापना गर्नुपर्ने उप्रेतीले बताउनु भयो । जिल्लामा सहकारीको ब्राण्ड पाउने चारवटा सहकारी रहेका र बाँकी दुईवटा अन्तिम चरण रहेकाले सहकारीको बारेमा केहि भनिरहन नपर्ने समेत बताउनु भयो । नेपालमै सहकारीको हबका रुपमा रहेको जिल्लाले सहकारीले अब सदस्यहरुलाई ब्यबसायीक क्षेत्रमा जोड दिनुपर्ने भयो । सहकारीहरु मिली ठुला आयोजना सञ्चालन, सहकारी शिक्षा, सामाजिक दायित्व, शिप प्रशिक्षण लगाएतका कार्यहरुमा लाग्नु पर्ने उप्रेतीली बताउनु भयो । 
कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष रामहरी केसीले सहकारी अभियानबाट सदस्यहरुलाई समेत ब्याबसायमा परिवर्तन गर्न सफल भएको वताउनु भयो । सहकारीले कुशल र दक्षता ब्यवस्थापन निमार्ण गरी  दिगो र वित्तिय संस्थालाई अगाडी बढाउनु पर्ने, सहकारी ऐन २०७५ अनुसार सहकारी सञ्चालन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. बरिष्ठ तालिम अधिकृत प्रेम वाग्लेले एक्सेस ब्राण्डमा नेपालका ६५ वटा सहकारी छनौट भएका बताउनु भयो । ६५ वटा सहकारीलाई ७ वटा समुहमा समावेश गरी तिन तिन महिनामा गोष्ठि गरिएको र अहिले चलिरहेको तेस्रो ब्याच रहेको बताउनु भएको थियो । एक्सेस ब्राण्ड प्राप्त गर्न एशियाली मापदण्ड अनुसारका सुचकहरु पुरा गर्नु पर्ने समेत वाग्लेले बताउनु भयो । कार्यक्रममा चण्डेश्वरी साकोसले यस वर्ष मात्र एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको थियो भने जिल्लाका विन्धाबासिनी साकोस, सामुदायीक साकोस, बुडोल सामुदायीक साकोसले यस अघि  एक्सेस ब्राण्ड प्राप्त गरिसकेका छन् । तेस्रो ब्याचमा जिल्लाका यूवा बचत तथा ऋण सहकारी, मनकामना बचत तथा ऋण सहकारी संस्थालि अन्तिम चरणमा पुगेका छन् । गोष्ठिमा चन्द्रागिरी साकोस थानकोट, बाविया खर्क साकोस काठमाडौ, शिक्षक कल्याण साकोस चरिकोट, महिला शक्ति साकोस काठमाडौ, र मन्थली साकोस रामेछाप सहभागि भएका छन् । कार्यक्रममको अध्यक्षता चण्डेश्वरी साकोसका अध्यक्ष विकास बादेले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष जय ओम बादेले गर्नु भएको थियो ।  
त्यसैगरी उक्त कार्यक्रम पश्चात चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले भर्खरै सम्पन्न नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघलिको २८ औं साधारण सभाबाट निर्वाचित अध्यक्ष परितोष पौडेल लगायतका कार्यसमितिलाई सम्मान गरेको छ । सम्मानमा संस्थाका अध्यक्ष विकास बादे उपाध्यक्ष जयओम बादे, ब्यबस्थापक बद्रिनाथ बादे लगायत सहकरीका कार्य समितिहरु, विभिन्न उपसमितिहरुको सहभागिता रहेको थियो ।