बनेपा/लामो समय देखि विद्यार्थी नभएकै कारण बन्द रहेको विद्यालय धनेश्वर कैलाश आधारभुत विद्यालय सञ्चालनमा आए पछि विद्यालयले आफ्नै भवन निर्माण सम्पन्न गरेको छ ।
विद्यार्थी नभएका कारण बन्द अवस्थामा रहेको विद्यालयलाई शैक्षिक सत्र २०७६ बाट पनौती नगरपालिका र स्थानीय युवाको सक्रियतामा सञ्चालनमा ल्याईएको थियो । विद्यालयको २ कोठे भुकम्प प्रतिरोधात्मक भवनको प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले गर्नुभएको थियो । हुमागाईले संघ र प्रदेश सरकारले विद्यालयका भवन लगाएत पुनर्निर्माणका कार्यहरुलाई तिब्रता दिएको बताउनु भयो । विद्यालयहरुले अब भौतिक निर्माण सम्पन्न पश्चात गुणस्तरीय प्रविधियुक्त र संस्कार सहितको शिक्षा दिनुपर्ने बताउनु भयो । कार्यक्रममा विशेष अतिथी पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले शिक्षा क्षेत्रमा ब्यापक सुधार आवश्यक रहेको बताउनु भयो । नगरपालिकाले नगर भित्र रहेका सामुदायीक विद्यालयहरुको शिक्षामा ब्यापक सुधारका कार्यक्रमहरु ल्याएको बताउनु भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) काभ्रेका प्रमुख द्धारिकाप्रसाद पोखरेल, समाजसेवी कुमार थापा, बद्री अधिकारी लगायतले विद्यालय पुनःसञ्चालनमा ल्याउन सहयोग गर्नेलाई धन्यबाद प्रदान गरेका थिए । कार्यक्रममा पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाले भवन निर्माण गरिदिएको बताएको थियो । विद्यालय पुन सञ्चालनमा ल्याउन सहयोग गर्ने सघं सस्था र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पुन सञ्चालनमा आएको विद्यालयमा ४३ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । कार्यक्रमा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष अनिरुद्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।





