2026 April 22/ 02:15: 04am

धुलिखेल/पशु क्वारेन्टाईन कार्यालय काठमाडौंको आयोजनामा धुलिखेलमा क्वारेन्टाईन सम्वन्धी सरोकारवालासँग अन्र्तक्रिया गरेको छ । सुरक्षाकर्मीहरुले क्वारेन्टाईनमा जाँच गर्नुपर्ने र त्यसका बारेमा ध्यान दिनु पर्ने विषयका बारेमा जानकारी दिईएको थियो । 
    जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पशु क्वारेन्टाईनका डा. श्रीराम अधिकारीको अध्यक्षता रहेको थियो । जिल्लाको मंगलटार र साँगामा रहेको चेकपोस्टमा रहेका सुरक्षाकर्मीहरुले पशुहरुको जाँच गर्दा पु¥याउनु पर्ने कानुनी पाटाहरु र त्यस विपरीत प्राप्त भएका पशुहरुलाई रोक्ने र कैद सजायँका बारेमा जानकारी गराईएको थियो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रहरी प्रमुख रविकुमार पौड्याल, जिल्ला स्थित कार्यालयका प्रमुखहरु, जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख डा. मगोलप्रसाद शाह लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।