धुलिखेल/पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत इन्सेकले विकासका लागि नागरिक समाज तथा संचार जगतबीच अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।
मध्यमाञ्चल संयोजक कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख मञ्जु गौतम, गैसस महासंघका अध्यक्ष जितराम लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, इन्सेक प्रदेश संयोजक गणेश भण्डारी, जिल्ला प्रतिनिधि हिरामान लामाले विषय प्रवेश गराउँदै जिल्लामा भएका विकास निर्माण र समसामयीक विषयमा आफ्ना धारणा राख्नु भएको थियो । नागरिक समाजका प्रतिनिधिहरुले जिल्लामा भएका गतिविधिहरुलाई नियाल्दै अझै अगाडी बढ्नुपर्ने बताएका थिए । पत्रकार महासंघका प्रदेश उपाध्यक्ष यदुनाथ गौतम, नेपाल बारका सचिव मधुसुदन वाग्ले, प्रेस संगठनका अध्यक्ष भुवन रायमाझी लगायतका सहभागीहरुले नागरिकका अधिकारका लागि निरन्तर खबरदारी आवश्यक रहेको बताउनु भएको थियो ।





